खोटाङ । गाईगोरुमा लाग्ने लम्पी स्किन रोगका कारण खोटाङमा धान उत्पादन घटेको छ ।
धान रोपाई गर्ने मुख्य सिजनमा लम्पी स्किन रोगले गोरुहरु धमाधम मरेपछि गएको वर्षको तुलनामा यसवर्ष धान उत्पादन घटेको हो ।
जिल्लाभरी १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेकामा चालू आर्थिक वर्ष २०८०/०८१ मा १२ हजार १२४ हेक्टर क्षेत्रफलमा धान खेती गरिदा २७ हजार २७९.३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभयो ।
कृषि प्रसार अधिकृत पण्डितका अनुसार धान हुने कूल क्षेत्रफलमै धान रोपाई नहुनुको मुख्य कारण नै गोरुमा लाग्ने लम्पी स्किन रोग हो । "लम्पी स्किन रोगले गोरुहरु धमाधम मर्दा खेत बाँझो रह्यो । उता बीउँ हुर्केर गयो । त्यसकारण धान रोपाइ नै कम भयो । स्वतः उत्पादन घटिहाल्यो ।" पण्डितले भन्नुभयो ।
कतिपय किसानले आफ्नो हल गोरु मरेपछि अरुको गोरु सापटी मागेर रोपाई गरेका थिए । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङका अनुसार लम्पी स्किनबाट जिल्लाभर ७९४ वटा गोरु मरेको थियो ।
आर्थिक वर्ष २०७९/२०८० मा शत प्रतिशत धान खेती हुँदा २८ हजार ८९१.५ मेट्रिक टन र आर्थिक वर्ष २०७८/२०७९ मा शत प्रतिशत धान खेती हुँदा २५ हजार १५१.१ मेट्रिक टन धान उत्पादन भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच