काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रधानमन्त्री कालमा विगतमा कसैले आँट नगरेका ऐतिहासिक काम भएको बताउनु भएको छ ।
काठमाडौंको बूढानीलकण्ठमा पार्टीले आयोजना गरेको विशेष रुपान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतमा कसैले आँट नगरेका काम आफूले गरिरहेको जिकिर गर्नुभएको हो । ‘बिगतमा कसैले आँट नगरेका ऐतिहासिक काम भएका छन्। प्रचार काम भयो । माओवादी बलियो भयो भने देशमा राम्रा काम हुन्छन् भन्ने सन्देश प्रचार गर्नुपर्यो।’ कार्यकर्तालाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘तपाईंहरुले यी कुरा छाती खोलेर जनतामा पुर्याउनुपर्यो ।’ उहाँले भन्नुभयो ।
साथै आफूहरूले ऐतिहासिक काम गरे पनि प्रचार गर्न नजानिएको उहाँले टिप्पणी गर्नुभयो।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनु भएका प्रचण्डले भन्नुभयो, ‘पहिलोपटक प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्ग मैले नै प्रस्ताव गरेको हो। ३० हजारजतिको ऋण मिनाहा, एक लाखजतिको ब्याज नलाग्ने निर्णय त्यतिबेलै गरेको हो। दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरियो, उज्यालो नेपालको अभियान सुरु गरियो। अरूले पिठो कराएर बेचे, हामीले राम्रो चामल पनि बेच्न जानिएन।’ उहाँले भन्नुभयाे,‘ यति ठूलो चिज पनि हामीले बिक्री गर्न सकेनौँ । अरूले नगरेको पनि गरेको जसरी प्रचार गर्छन्। हामीले सकेनौं ।
उहाँले अबको डेढ वर्ष भित्र देशका सबै घरमा विद्युत पुग्ने भन्दै पूरै देश उज्यालो हुने दाबी गर्नुभयो ।
आफू प्रधानमन्त्री भएपछि सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका श्रमिक, अनौपचारिक क्षेत्रका श्रमिक समावेश गराउने, भारतसँग विद्युत व्यापार, मिटरब्याज पीडितलाई न्याय दिन कानुन निर्माणलगायतका ऐतिहासिक काम गरेको उहाँको जिकिर छ।
उहाँले २५ वर्षदेखि लावारिस भएको पञ्चेश्वर परियोजना अहिले टुंगिने क्रममा अघि बढेको दाबी गर्नुभयो।
आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको भन्दै उहाँले पुस १० गते सरकारले गरेका काम, गर्न बाँकी काम, अबको आक्रामक शैलीबारे राष्ट्रका नाममा सम्बोधन गरेर जानकारी गराउने पनि बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच