बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

तनहुँ । बालिका बलात्कार आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ ऋषिङ गाउँपालिका-७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन् ।

उनलाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो । गत ३१ साउनमा प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?