सहमतिको सरकार बनाउन लागि परेको छुः मुख्यमन्त्री कार्की

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर ।  भोजपुर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफु सहमतिको सरकार बनाउन लागि परेको बताउनु भएको छ । वर्तमान सरकार विशिष्ट परिस्थितिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको मुख्यमन्त्री कार्कीको धारणा छ । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतिय सरकार निर्माण अहिलेको आवश्यकता भएको बताउनुभयो ।

नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले बिहिवार मुख्यमन्त्री कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रम पछि सहभागी सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्कीले प्रदेशको विकासका लागि सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने बताउँदै प्रदेशमा देखिएको अहिलेको अवस्थाले पनि सबै दल एक ठाउँमा आउनु जरुरी रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले जसले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन ग¥यो त्यो गुणलाई आफूले नबिर्सने बताउँदैै यस अघिका मुख्यमन्त्रीले सहमतिय सरकार बनाउने गरेको अभ्यासलाई पूरा गर्न आफू लागि परेको बताउनुभयो । उहाँले कोशी प्रदेशको सरकार चाँडै विस्तार हुने र यो सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने पनि बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारलाई सफल बनाउने दायित्व सञ्चारकर्मीको रहेको धारणा राख्दैे सरकारले गर्ने काम कार्यान्वयन भए नभएको त्यस्तो अनुगमन गर्ने र सरकारको कामलाई कार्यान्वयनका लागि दबाब दिने गरि सञ्चारकर्मीलाई कलम चलाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, भीषण राई, मोरङका कार्यबाहक अध्यक्ष तारा आचार्य सहित प्रेस युनियनका पदाधिकारीहरूले मुख्यमन्त्री कार्कीलाई स्वागत सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?