ग्लोबलको ‘मेरी उनीलाई’ मुद्दती खाता

Read Time = 2 mins

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ विशेषतासाथ ‘मेरी उनीलाई’ मुद्दती खाता योजना ल्याएको छ । हाल कायम ‘मेरी उनीलाई’ मुद्दती खाता परिमार्जन गरी नयाँ योजना ल्याएको हो । योजनाअन्तर्गत महिलाका नाममा बचत गर्न वा बचत गर्ने बानी बसाल्न, व्यक्तिगत खातामा महिलालाई राम्रो प्रतिफल दिन र महिलालाई आर्थिकरूपमा सशक्त बनाउन अझ बढी टेवा पुग्ने बैंकले जनाएको छ । दुई लाख रुपैयाँ न्यूनतम मौज्दातमा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दती खातामा आकर्षक ब्याज प्राप्त हुनेछ । खाता छ महिनादेखि दुई वर्षसम्मका लागि खोल्न सकिनेछ ।

बचत गर्ने बानीलाई प्रोत्साहन गर्न ५० हजारभन्दा माथिको रकम आवश्यकताअनुसार म्याद पुग्न तीन महिनाअगाडिसम्म थप गर्दै जान सकिने व्यवस्था पनि रहेको छ । खातासँगै बैंकले निक्षेपकर्ताको पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा, दुई लाख रुपैयाँसम्मको गम्भीर रोग बीमा र एक लाख रुपैयाँसम्मको औषधि-उपचार बीमा उपलब्ध गराउने भएको छ ।

साथै योजनाअन्तर्गत पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट र निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ सेवा पनि उपलब्ध हुनेछ । बैंकले साबिक बचतको ९० प्रतिशतसम्म ऋण सुविधा पनि उपलब्ध गराउने जनाएको छ । सोही योजनाअन्तर्गत निश्चित अवधिको मुद्दती खाता खोल्ने ग्राहकले घर कर्जाको सेवा शुल्कमा विशेष छुटसमेत पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?