चन्दननाथ नगरपालिकाद्वारा इजलास कक्षबाटै न्याय निरुपण सेवा

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले इजलास कक्ष स्थापना गरि सेवा दिन थालेको छ । इजलास कक्षबाटै न्याय निरुपण गर्न थालेको नगर उपप्रमुख रामदेवी खड्काले जानकारी दिनुभयो ।

इजलास नहुँदा नगरपालिकाको हल, खुला मैदानमै बसेर छलफल गरेर विवाद समाधान हुँदै आएको थियो । उपप्रमुख खड्काले भन्नुभयो,“ अहिले दर्ता भएका निवेदनमाथि इजलासमै छलफल हुने गरेको छ ।” समस्याको समाधान गर्न निकै सहज भएको उपप्रमुख खड्काको भनाइ छ ।

नगरपालिकाले संचालनमा ल्याएको इजलास कक्षमा पुगेर आफुले दर्ता गरेका समस्यामाथि बहस गर्दा न्यायलयमा पुगेको अनुभूति हुने गरेको स्थानीयवासि बताउँछन् । जिल्लाको एक नगरपालिका सहित सात गाउँपालिकामा पहिलो पटक चन्दननाथ नगरपालिकाको न्यायिक समितिले आफ्नै इजलास बनाएर न्याय सम्पादनको काम अघि बढाएको नगर प्रमुख राजुसिंह कठायतले बताउनुभयो ।

स्थानीय तहको न्यायिक समितिबाट न्याय पाइने आशा बढ्न थालेको छ । स्थानीय तहमा न्याय माग्न आउनेहरूको संख्या पनि बढ्दो क्रममा रहेको छ । इजलास नहुँदा न्याय सम्पादनमा निकै कठिनता झेल्नुपरेको थियो । वादीप्रतिवादीहरू एकै थलोमा भेला गराएर छलफल गर्न समस्या हुने गरेको थियो । तर अहिले इजलास बनेपछि सबै आ-आफ्नो स्थानमा बसेर छलफलबाट समस्याको हल हुने गरेको नगर उपप्रमुख रामदेखी खड्काको भनाइ छ ।

इजलास नहुदा पहिला छलफलमा बोलाउँदा पीडितको गोपनीयता भंग हुने खतरा हुन्थ्यो । अहिले इजलास कक्ष स्थापना भएपछि निश्चित मान्छेको प्रवेश हुने भएकोल पीडितले सुरक्षित महशुस गर्न थालेका छन् । नागरिकको न्याय पाउने आशा र अधिकारलाई ख्याल गरेरे न्यायिक समितिको अलग्गै इजलास कक्ष बनाइएको हो ।

न्यायिक समितिमा आउनुपर्ने मुद्दाहरू धमाधम बढ्न थालेपछि न्याय निरुपणमा समेत ख्याल गरी न्यायिक समिति स्थानीय सरकारको अदालत भएको सन्देश छर्नसमेत उक्त कार्यले निकै ठूलो काम गरेको चन्दननाथ नगरपालिकाले जनाएको छ । न्यायिक कानुनी सल्लाहकार र इजलास कक्ष नहुदा काम गर्न समस्या भएको यहाँका स्थानीय तहका न्यायिक समितिका संयोजक बताउँछन् ।

न्यायिक समितिमा दर्ता भएका निवेदन माथि आफ्नो कार्यकक्षमा छलफल हुने गरेको छ । पालिकाको नयाँ प्रशासकीय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब पालिकाको नयाँ कार्यालय उद्घाटन प्रश्चत न्यायिक समितिको इजलास कक्ष स्थापना गरिने तिला गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक गोरीकला बुढाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?