बाँके । जाजरकोट केन्द्रविन्दु बनाएर शुक्रवार राती गएको भुकम्पमा परी घाइते भएका मध्ये ३८ जनाको नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा उपचार चलिरहेको छ ।
उपचार गराइरहेका मध्ये ६ जनाको शल्यक्रिया गरिएको केहिको अवस्था गम्भिर रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले तोकेको फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो ।
उहाँकाअनुसार शनिवार दिउसो सम्म ३२ जना घाइतेलाई भेरी अस्पतालमा ल्याइएको र शनिवार राती थप ६ जनालाई ल्याइएको थियो घाइते मध्ये ६ जनाको अप्रेशसन गरिएको हो । घाइते मध्ये अस्पताल पुगे लगत्तै एक जनाको मृत्यु भएको थियो ।
हाल भेरी अस्पतालमा रहेका ३८ जना घाइते उपचाररत रहेको उहाँहरुको अवस्था सुधारोन्मुख र खतरामुक्त रहेको श्रेष्ठले बताउनु भयो । यसै विच गर्भवती एक महिलाको पेटभित्र बच्चाको मृत्यु भएको हुदाँ उनलाई प्रसुतीकक्षमा राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच