काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कर्णाली प्रदेशको जाजरकोटमा गएको विनाशकारी भूकम्पबाट पीडितको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगस्वरूप २५ लाख प्रदान गर्ने भएको छ । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै सो क्षेत्रका ग्राहकलाई सहजरूपमा कृषि, पशुपालन र जडीबुटीसम्बन्धी कर्जा उपलब्ध गराउँदै आएको छ । बंैकले कर्णाली प्रदेशको प्रदेश कार्यालय सुर्खेतमा र जुम्ला शाखा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा ल्याइसकेको बैंकका प्रवक्ता नारायण अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच