दोस्रो नेपाल मिडिया अवार्ड हुने, आफ्ना समाचार पठाउन आह्वान

Read Time = 2 mins

काठमाडौं । सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘दोस्रो नेपाल मिडिया अवार्ड २०७९’ आयोजना हुने भएको छ । आगामी २४ माघमा चन्द्रागिरी हिल्स रिसोर्टमा ड्रिम हाइ नेपाल प्रालिले अवार्ड समारोह आयोजना गर्न लागेको हो ।

अवार्ड समारोहमा नेपाल सरकारका विशिष्ट व्यक्ति र दुई सयभन्दा बढी पत्रकारको उपस्थितामा अवार्ड समारोहको आयोजना गर्ने तयारी ड्रिम हाई नेपालको छ । सक्रिय रूपमा पत्रकारिता गरिरहेका १० हजार बढी पत्रकारलाई प्रोहत्सान गर्ने उद्देश्यका साथ दोस्रोपटक नेपाल मिडिया अवार्ड आयोजना गर्न लागिको ड्रिम हाई नेपालका सञ्चालक कमल जिसीले जानकारी दिए ।

नेपाल मिडिया अवार्डमा सहभागी हुन चाहने पत्रकारले आफ्नो र कार्यरत मिडियाको परिचय खुल्ने गरी प्रसारण र प्रकाशन भएका सामग्री dreamhighnepal@gmail.com मा पठाउन आह्वान गरिएको छ ।

कुल २५ विधामा वितरण गरिने अवार्डमा भाग लिन चाहने पत्रकारहरुले आफ्नो स्टोरीसहित ड्रिम हाई नेपालमा सम्पर्क गर्न सञ्चालक जिसीले आग्रह गरे । २५ मध्ये यस वर्ष विभिन्न १० विधामा नगदसहित ट्रफी र प्रमाणपत्र र एकजना बरिष्ट पत्रकारलाई लाइफ टाइम एचिभमेन्ट अवार्डसमेत प्रदान गरिनेछ । अवार्डमा सहभागी बन्न चाहने पत्रकारहरुले २० पुसभित्र आफ्ना प्रकाशित तथा प्रसारित सामग्री इमेलमा पठाइसक्नुपर्नेछ ।

टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिताअन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको प्रकाशन र प्रसारण भएका सामग्रीलाई सञ्चार विज्ञसहितको तीन सदस्यीय निर्णायक टिमले छनोट गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?