कोशीमा एमालेले सरकारबाट फिर्ता भएर समर्थन कायम राख्ने

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिएको एमालेले समर्थन भने कायमै राख्ने भएको छ ।

सोमबार प्रदेशसभा भवनमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो ।

प्रदेश सरकारबाट फिर्ता भएपनि समर्थन भने जारी राख्ने निर्णय गरेको एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि प्रमुख प्रतिपक्षी दलका रूपमा प्रदेशसभा बैठकमा बस्ने बैठकले निर्णय गरेको भण्डारीले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?