नेपालको जलविद्युतमा लगानी गर्न एशियन मुलुकका बैंकका सीईओहरुलाई अर्थमन्त्रीको आग्रह

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एशियन मुलुकका बैंकका सिईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा भएको ३९औं एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । अर्थमन्त्री महतले अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शुन्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको बताउनु भयो ।

उहाँले सरकारले नीतिगत रुपमा व्यवस्था गरि हरित उर्जालाई प्रोत्साहन गर्ने बताउनु भयो । उहाँले भारतले यो भन्दा अगाडि १० वर्षमा १० हजार मेगावट जलविद्युत खरिद गर्ने प्रतिवद्धता जनाएको बताउनु भयो । उहाँले सरकारले जलविद्युत क्षेत्रमा लगानी गर्ने लगानीकर्ताको सुरक्षामा सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले विश्व बैंक र एडिपीले पनि नेपालको ठूलो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएको बताउनु भयो ।

उहाँले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको जानकारी दिनु भयो । अर्थमन्त्री महतले सरकारले विद्युत उत्पादन, साना उद्योग तथा कृषिमा प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिहरेको दाबी गर्नुभयो। उहाँले आम जनतालाई समेत प्रत्यक्ष लाभ हुनेगरी ग्रिन अर्थतन्त्रको विकासमा जोड दिएको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउने ठूलो योगदान पुर्‍याएको बताउनु भयो ।

अर्थमन्त्री महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौति भोगिरहेको बताउनु भयो । उहाँले विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी भएको देखिएको भन्दै सरकारले डिजिटल फाइनान्सिङमा महत्त्वपूर्ण सहयोग गरिरहेको बताउनु भयो । उहाँले डिजिटल बैंकिङसँगै विश्वसनियता र सुरक्षा महत्वपूर्ण रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?