काठमाडौं । चेतबहादुर बुढाथोकी र मनिषा घोरासैनीको स्वरमा रहेको गीत चाचरी सार्वजनिक भएको छ । चेतबहादुरकै लय शब्द र थेगो संकलन, रामकृष्ण थापाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
चेतबहादुरकै निर्देशन र कृष्ण रसालको कोरियोग्राफर रहेको गीतको भिडियोमा शिला गजुरेल, मनिषा घोरासैनी र चेतबहादुर बुढाथोकीलाई फिचरिङ गरिएको छ । दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा चेतबहादुरकै सम्पादन र कलर छ । गीतको भिडियो चेतबहादुर बुढाथोकीको अफिसियल युट्यब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
चेतबहादुरका धेरै गीत श्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् । आफ्ना अन्य गीतले जस्तै चाचरीले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको उहाँ बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच