काठमाडौँमा साहित्यिक सभा-समारोहहरू धेरै नै हुन्छन् । पुस्तक विमोचन वा परिचर्चा कार्यक्रम लेखकहरूसँग भेट हुने भरपर्दो माध्यम हो । त्यता नजाने तर आफ्नै शैलीले लेखिरहने स्रष्टाहरूलाई परिचयको समस्या परिरहेको हुन्छ । लेखनले मात्रै चिन्न र चिनिन अलि गाह्रो छ नेपालमा । एउटै कृति लेखेका लेखकहरू धेरैसँग परिचित हुन्छन् । दशौँ कृतिका लेखक ओझेलमै हुन्छन् । त्यसमाथि विज्ञापन गर्ने स्वभाव नहुने लेखकहरूले त अब नलेखेकै राम्रो । कृति राम्रो होस् वा नराम्रो विज्ञापनले लेखकलाई धेरै पाठकसँग जोड्छ तर रैथाने पाठक पाइरहन निरन्तर सुन्दर लेख्दै जानुपर्छ ।
पाठकसँग एकपटक मात्र भेट हुने दुर्योग लेखकहरूलाई नजुरोस् भन्ने कामना गरौँ । म यस्ता कार्यक्रमहरूमा कम जान्छु त्यसैले धेरै स्रष्टाले मलाई चिन्दैनन् मसँग परिचयको समस्या छ । स्रष्टाका किताब आफ्नो पैसाले किनेर पढ्ने अनि निःशुल्क समीक्षा र समालोचना गरिदिने मजस्ता समालोचकलाई धेरैले चिन्ने कुरै भएन । त्यसमाथि समालोचक पनि औसत किसिमकै भइयो भने त कुरै छोडौँ । यसै त समालोचकलाई लेखक नै नमान्ने ठूलो जमात छ त्यसमाथि ठूलै धक्का दिन नसक्ने पुनःसर्जक(समालोचक)हरूको पनि अब काम छैन ।
नेपालमा लेखकहरूका पनि साहित्यिक कोठरीहरू छन् । लेखकीय ऐक्यबद्धता भनिए पनि ती संस्थाहरू गुटका अखडा अनि पद पड्काउन प्रयोग गरिने सिँढीजस्ता लाग्छन् । गीता रेग्मी पनि त्यस्तै एउटा साहित्यिक समूहमा भेट जुरेकी स्रष्टा हुन् । फाट्टफुट्ट चिनजान भएका लेखकमध्येमा उनी पनि पर्छिन् । पहिलोपटक भेट्दा उनी बिछट्टै हक्की महिला हुन् क्यारे भन्ने लागेको हो । उनीमात्रै होइन पछिल्लो समयमा मैले भेटेका धेरै नारी स्रष्टाहरूप्रति मेरो यस्तै साझा धारणा छ । हक्कीमात्र होइन कताकता मैले भेट्ने गरेका धेरै नारी स्रष्टाहरूमा तीव्र प्रतिस्पर्धाको भावना अनि गहिरो अहङ्कार पनि छ ।
पुरुषसत्ताले सदियौँदेखि जरा गाडेर रहेको भनिएको विश्वपरिप्रेक्ष्य अनि गणतन्त्रपछिको नेपालमा धेरै खाले पहिचानको प्रतिस्पर्धामध्ये नारी लेखन पनि एक हो । यो मात्रै मापन होइन तर च्यालेन्ज के हो भने यता आएर धेरै वर्ष भयो नारी स्रष्टाले ठूलो पुरस्कार पाएका छैनन् ।
पुरुषसत्ताले सदियौँदेखि जरा गाडेर रहेको भनिएको विश्वपरिप्रेक्ष्य अनि गणतन्त्रपछिको नेपालमा धेरै खाले पहिचानको प्रतिस्पर्धामध्ये नारी लेखन पनि एक हो । यो मात्रै मापन होइन तर च्यालेन्ज के हो भने यता आएर धेरै वर्ष भयो नारी स्रष्टाले ठूलो पुरस्कार पाएका छैनन् । प्रतिस्पर्धा जारी छ सायद अब लेखनमा प्रतिष्पर्धाको समय हो । प्रसिद्ध साहित्यकार कृष्ण धरावासीले भनेझैँ यता आएर साहित्य लेखनभन्दा बढी मुद्दा लेखन हुन थालेको छ । जति खरो मुद्दा उठायो त्यति राम्रो कृति भनेर मूल्याङ्कन भइरहेको वर्तमानमा मुद्दा र साहित्यको भेद छुट्याउन पनि शोध गर्नुपर्ने भएको छ ।
त्यसो त गीता रेग्मी आन्दोलन वा मुद्दाले जन्माएकी नयाँ स्रष्टा होइनन् तर समयको बलियो दबाबमा उनी पनि जोडतोडका साथ लागेकै हुनुपर्छ । कविता, कथा र निबन्ध (नियात्रा) मा यिनले कलम चलाएकी छन् । मेरो हातमा अहिले उनको पछिल्लो नियात्रा कृति प्रशान्तको तीरैतीर (२०७८) रहेको छ । यसपूर्व उनका पाँचवटा कृति र त्यसमध्ये दुईवटा कृति नियात्रा विधामै रहेकाले यो कृति उनको परिपक्व लेखनको दृष्टान्त हो भन्न सकिन्छ । आफूले यात्रा गरेको कुनै ठाउँका विषयमा वर्णन गर्दा यात्रा लेखन हुने र उक्त यात्रामा आफ्नो संलग्नता अनि अनुभूति मिश्रण गरेर निबन्धन गर्दा नियात्रा हुने भन्ने नियात्रा विधाको मान्यतामा स्रष्टा रेग्मीले आफूलाई नियात्री र रचनालाई नियात्रा बनाएकी छन् ।
नेपालीहरूका पछिल्ला चर्चित गन्तव्यहरूमध्ये अस्ट्रेलिया पनि एक महत्वपूर्ण देश हो । खरो भाषामा भन्दा नेपालका दक्ष युवाहरू पलायन हुने र नेपालको ठूलो धनराशी बाहिरिने मुलुकमा अस्ट्रेलिया पर्छ । गरिब नेपालका धनी विद्यार्थीले लाखौंका दरले अस्ट्रेलियाका विश्वविद्यालयमा रकम बुझाउँछन् । हजारौं विद्यार्थीयसरी वर्षेनी अस्ट्रेलिया जान्छन् । देशमा भइरहेको भयावह प्रतिभापलायनको एउटा गन्तव्य बनेर पनि हामी खुशी नै रहने र अनि छोराछोरीले अस्ट्रेलियाको कलेजमा नाम निकाल्यो भन्ने खबर आउँदाका दिन हर्षले पार्टी गर्ने हाम्रो जमातमा विभिन्न स्रोतले उता पुगेका आफन्तलाई भेट्न गरिएको अस्ट्रेलियाको भ्रमणलाई कति उपलब्धिपूर्ण मान्ने वा कुन रूपले व्याख्या गर्ने भन्ने कुरा आफ्नो ठाउँमा छ ।
तर, आफन्त, आफन्त नै हो मन र मुटुको सम्बन्धलाई कुनै प्राविधिक परिभाषामा अटाउन खोज्नु हुँदैन । त्यसमाथि परिभ्रमणको छुट्टै महत्व छ जसबाट पाइने बहुपक्षीय ज्ञानको पनि कुनै सीमा हुँदैन । संसार यायावरहरूका निम्ति ज्ञान र अनुभवको विश्वविद्यालय हो जहाँ सक्ने र इच्छा हुनेहरू भर्ना हुन र पढ्न पाउँछन् । त्यसैमध्ये पश्चिमा मुलुकमा भएको भौतिक विकासको दृष्टान्त प्रस्तुत गर्दा अष्टे«लिया पनि वर्णन गरिने र गौरव गरिने देशमा पर्छ । स्रष्टा रेग्मीले त्यही भूमिमा गएरआफूले घुमेका र अनुभव गरेका कुराहरूलाई यसमा मीठो भाषा र शैलीमा वर्णन गरेकी छन् ।
अष्ट्रेलिया महादेश पनि हो र देश पनि हो । म त गएको छैन पुस्तकमा चित्रण गरिएको विवरणले अष्ट्रेलिया प्रशान्त महासागरको किनारमा अवस्थित छ भन्ने बुझिन्छ । संसारका अन्य आठ नौदेशको भ्रमण गरिसकेकी स्रष्टा रेग्मीका यसपूर्वका नियात्रा कृति पनि यसरी नै विश्वयात्राका विवरणले सजिएका होलान् । अनि मजस्तै भौतिक उपस्थिति जनाउन नसकेका पाठकहरूका निम्ति विश्वभ्रमणका सामलहरू होलान् भन्ने अनुमान हुन्छ । यस पुस्तकको अध्ययनपछि स्रष्टा रेग्मीको भ्रमणप्रियताको परिचय पाउन सकिन्छ भने भ्रमणबाट प्राप्त अनुभूतिलाई शब्दचित्रमा उतार्ने कला पनि निपुण छ भन्ने बोध हुन्छ । भ्रमणको निम्ति उत्साहित हुनु, त्यसको चाँजोपाँजो मिलाउनु अनि भ्रमण गर्नु यी फरकफरक कुरा हुन् ।
सङ्ग्रहमा सङ्कलित तेत्तीसओटा नियात्रामा कतै दोहोर्याएर कतै तेहेर्याएर पनि यात्रा गरेको देखिन्छ । दोहोरिएका यात्रालाई एउटैमा समेट्न पाएको भए यात्रा छरितो हुन्थ्यो । केही अत्यन्त सामान्य कुराहरू पनि यात्राका विवरण बनेका छन् । ती नराख्दा पनि हुन्थ्यो ।
कतिजनालाई भ्रमणको इच्छा हुँदाहुँदै पनि विभिन्न पक्षको तालमेल हुन नसक्दा मन कुँड्याएर बस्नु परेको हुन्छ भने कतिलाई अवसर त मिलेको हुन्छ तर इच्छशक्ति हुँदैन । अनि कतिपयले भ्रमण गरेर पनि त्यसलाई सार्वजनिक गर्न रुचाउँदैनन् वा लिपिबद्ध गर्ने सामथ्र्य हुँदैन । आफू घुम्नु, आफैँले मात्र भ्रमणको आनन्द लिनु त्यो निजी कुरा भयो । तर लेखकहरूलाई लाग्छ यस्ता कुराहरू आफ्नैमात्र बनाएर राख्नु हुँदैन । आफ्ना अनुभूतिहरूलाई सार्वजनिन गरेर धेरैलाई यस यात्रामा सामेल गराउनुपर्छ । कुरा अर्को पनि हो लेखकहरू भनेका समाजका सम्पत्तिहरू हुन् । उनीहरूसँग सामाजिक दायित्व रहेको हुन्छ । साहित्यलाई समाजकै ऐना भनिन्छ । त्यो ऐना देखाउने व्यक्ति समाजको स्रष्टा हो । हामीलाई कहिलेकाहीँ लाग्छ यो व्यक्तिको काम सामाजमा छँदैछैन । समाजमा तत्काल के कुराले लाभ मिल्छ त्यही मान्छेमात्र आवश्यक हो ।
यसरी हेर्दा एकजना लेखक समाजको निम्ति त्यस्तै नचाहिने मानिस हो कि जस्तो लाग्छ । लेखकका कविताले न खान दिन्छ न लाउन दिन्छ । बरू उल्टो समयको बर्बादी गराइरहेको हुन्छ भन्नेजस्तो लाग्न सक्छ तर कुरा त्यस्तोमात्रै हुँदैन लेखक त्यस समाजको अवैतनिक दूत हो जसले समाजको सन्देश अरू धेरैका घरमा पुर्याइरहेको हुन्छ । अरूतिरका सन्देशहरू ल्याइरहेको हुन्छ । समाजलाई र राष्ट्रलाई सुसूचित गरिरहेको हुन्छ । केही लेख्दिन भन्दाभन्दै पनि लेखक नैतिक रूपले बाँधिएको हुन्छ । अरूले भनोस् नभनोस् आफैले दायित्व सम्झेर ती कुराहरूलाई लिपिबद्ध गर्छ र सार्वजनिक गर्छ ।
यी सबैभन्दा महत्वपूर्ण आत्मप्रकटीकरणको मोह हो । आफू प्रस्तुत हुने बहाना खोजिरहेको स्रष्टाले केही भेट्टायो कि त्यसैका माध्यमले आफूलाई प्रकट गरिहाल्छ ।प्रशान्तको तीरैतीर एक सय साठी पृष्ठ अनि तेत्तीसवटा यात्रा विवरण समेटेर तयार गरिएको छ । यो यात्रा लेखकको निजी एवम् पारिवारिक यात्रा हो । मैले पढेर भनुँला भनेर साँचेका धेरै कुरा स्रष्टाले आफ्नो भूमिकामै भनिसकेकी रहिछन् ।
सिद्धहस्त लेखकका कृतिमा आफ्ना कुरा पनि तौलेर राख्नुपर्ने हुन्छ । स्रष्टा रेग्मीले आफ्नो जीवनका गतिशील पाइलाहरूको विवरण आफ्ना कुरामै दिएकी छन् । यसमा औपचारिकताका केही कुरा छैनन् । यसपटकको यात्रामा स्रष्टा रेग्मी पिताजी र माताजीका साथमा गएकी छन् ।
अष्टे«लियमा रहेका उनका तीन दिदीबहिनीमध्ये कान्छी बहिनी पछिल्लो पटकको सुत्केरी हुने समयमा स्वास्थ्यसमस्या देखापरेको र त्यसमा थोरै भए पनि पारिवारिक स्नेह बाँड्न सकिएला कि भन्ने हेतुले मातापितासहित पुगेकी उनी सायद माहिली बहिनी हुन् । आफ्ना अरू छोरीहरू अष्ट्रेलियामै लामो समयदेखि बसोवास गर्दै आएकाले पिताजी र माताजीमा पनि अभ्यस्तता देखिन्छ भने गीताजी पनि विदेशबाट त्यति अपरिचित हुनुहुन्न । तापनि त्यति ठूलो देशमा जतिपटक गए पनि घुम्ने र अनुभव गर्ने कुराको कमी हुँदैन । अष्ट्रेलिया पुगेर कान्छी बहिनीको स्वास्थ्यस्थितिको बोधपछि स्रष्टा रेग्मी अष्ट्रेलियाका विभिन्न दर्शनीय ठाउँहरूको अवलोकनमा निस्किएको बुझिन्छ ।
घुम्नको निम्ति औधी उत्साहित रेग्मीले के कसरी हुन्छ घुम्ने मेसो मिलाएको देखिन्छ । त्यस क्रममा अस्ट्रेलिया प्रचलित शहरहरू मेलवर्न, सिड्नी, क्यानबेराका विभिन्नठाउँ प्रशान्त महासागर, बालुवाका पहाड, ओपेरा हाउस, ब्लुमाउन्टेन, थ्रीसिस्टर, सेपार्टन, ब्रिजबेन, सनसाइनकोस्ट, गोलकोस्ट, सांग्रिला, कायामलगायत ठाउँहरूमा घुमेको अनि ती ठाउँहरूको भव्यता, रोमाञ्चकता, अष्ट्रेलियाको भौतिक उन्नतिलगायत कुराहरू यस नियात्राका समेटिएका छन् । प्राकृतिक, कृत्रिम, भौतिक, सांस्कृतिक विषय र दृश्यहरूको चित्र खिच्ने काम यसमा गरिएको छ । केकस्ता ठाउँको के कसरी वर्णन गरिएको छ ? भन्ने जान्नको निम्ति नियात्रा पढ्नै पर्ने हुन्छ ।
यसभित्र यात्राका डोबहरू त छन् नै साथसाथै लेखकीय अनुभूति र जसरी पनि अष्टे«लिया छिर्ने तमाम नेपाली दाजुभाइदिदी बहिनीका पीडा र व्यथाहरू पनि सामेल छन् । वस्तुस्थिति नबुझीकनै विदेश भनेपछि हुरुक्कै हुने नेपालीहरू अनि नागरिकका प्रति हदैसम्मको गैह्रजिम्मेवार नेपालको सरकारका अवस्थासमेत यस नियात्रा कृतिमा बुनिएका छन् । विद्यार्थी भिसामा जाने नेपाली युवाहरूले त्यहाँ गर्नुपरेको संघर्ष, पैसा कमाउने हेतुले छिर्नेहरूका कथा यसमा आएका छन् । स्रष्टा रेग्मीभित्रको नेपाली माटोप्रतिको सुगन्धभाव बेलाबेलामा प्रकट भएको छ । अष्ट्रेलियाको वैभवका अगाडि उभिँदा सधैँ आफ्नो मुलुकको शासकीय दुर्वलताहरूहविगत, दुर्दशा, अनियमितता, लापरबाही, अकर्मण्यता, झलझली आएका दृश्यहरू र तिनले यात्राको उमङ्गलाई बेलाबखतमा दाँतमा ढुङ्गा लागेसरी बनाएका कुराहरू नियात्रामा यत्रतत्र पढ्न पाइन्छ । स्रष्टा रेग्मीको हक्कीपन यहाँ पनि ठाउँठाउँ प्रकट भएको पाइन्छ ।
नियात्राकार रेग्मीले अस्ट्रेलियामा रहेका धेरै आफन्त, इष्टमित्र, सँगीसाथी र तिनका आफन्तहरू समेतलाई भेटेकी छन् । साहित्यिक कार्यक्रममा सरिक भएकी छन् । तिनलाई पनि यात्राको निम्ति उपयोग गरेकी छन् । खुट्टा दुख्दा होस्, टाउको दुख्दा होस्, भोकले अतालिँदा होस्, जाडोले कठ्याङ्ग्रिँदा होस्, राती होस्, विहान होस्, झरी बादल जस्तो मौसममा होस् आफूलाई भ्रमणप्रेमी सावित गरेकी छन् । सङ्ग्रहमा सङ्कलित तेत्तीसओटा नियात्रामा कतै दोहो¥याएर कतै तेहे¥याएर पनि यात्रा गरेको देखिन्छ । दोहोरिएका यात्रालाई एउटैमा समेट्न पाएको भए यात्रा छरितो हुन्थ्यो । केही अत्यन्त सामान्य कुराहरू पनि यात्राका विवरण बनेका छन् । ती नराख्दा पनि हुन्थ्यो । व्यक्तिगत यात्रालाई पनि हामी सबैको यात्रा बनाउन केही शिल्पगत सजगता आवश्यक थियो ।
रेग्मीले जति दिन घुम्न गइयो त्यति नै दिनको लेखन गरेजस्तो देखिन्छ । त्यसो नगरेर मुख्यमुख्य विषय र घटनालाई समेटेर नियात्रा संख्या घटाएर कलापक्षलाई केही परिमार्जन गरेर राख्न सकेको भए सुनमा सुगन्ध हुन्थ्यो जस्तो अवश्य लाग्नसक्छ । यो यात्रामा स्रष्टा रेग्मीका पति दीपक अर्याल पनि अन्त्यतिर जोडिन आइपुगेका छन् । धेरैपटक विदेश यात्रा गरेकी भए पनि श्रीमान्सँग विदेशी भूमिमा घुमेको पहिलो अनुभव समेटेकी स्रष्टा रेग्मी निकै उत्साहित पनि देखिएकी छन् । स्रष्टा रेग्मीले यो नियात्राकृति मेरो हातमा थमाउँदा अर्को नियात्रा कृति पनि केही नभनी साथमै दिएकी थिइन् । उनी अर्का नियात्रा स्रष्टा दीपक अर्याल रहेछन् ।
मैले स्रष्टा अर्यालको पाइलाको चुम्बन (२०७८) पनि पढिरहेको छु । नढाँटीभन्दा पाइलाका चुम्बन नियात्राले झन् बढी तानिरहेको छ । पहिलो कृति भएर पनि स्रष्टा अर्यालको यो कृति धेरै दृष्टिले पठनीय लागेको छ । श्रीमान्-श्रीमती नै साहित्यकार बनेका थोरै दृष्टान्तभित्र अर्याल र रेग्मीको जोडी पनि परेको छ । त्यसबेला कस्तो अनुभूति हुन्छ भन्ने कुरा उहाँहरूलाई नै थाहा होला । म यी दुवै स्रष्टाको साहित्यिक उर्वरताको कामना गर्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच