पहिरोले पुरिएका एक्साभेटर चालकको १८ घण्टापछि उद्धार

१८ घण्टापछि पहिरोमा पुरिएका चालकको शव निकाल्दै । तस्बिरः मानबहादुर बिश्वकर्मा/हिटा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । कालीकोटमा सडक डबल कटिङ गरिरहेका बेला माथिबाट आएको सुख्खा पहिरोले पुरिएका एक्साभेटर चालकको १८ घण्टा पछि उद्धार गरिएको छ ।

कर्णाली राजमार्ग अन्तर्गत पर्ने कालीकोटको शुभकालिका गाउँपालिका-१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएका एक्साभेटर चालक पचालझरना गाउँपालिका-८ खडितोलीका वर्ष ३० का धीर सज्यालको उद्धार गरिएको हो ।

शुक्रबार अपरान्हको समयमा एक्साभेटरले सडक डबल कटिङ गरिरहेका बेला माथिबाट आएको सुख्खा पहिरोले एक्साभेटरसँगै पुरिएका चालकको शरीर क्षेद बिच्छेद भएको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

शुक्रबार अपरान्ह कर्णाली करिडोर जोड्ने जिरो प्वाइन्टको सडक मर्मत गरिरहेका बेला माथिबाट चट्टान खस्दा एक्साभेटर पुरिँदा अपरेटर (चालक) को घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचनाअधिकारी पोषण थापाले सडक फराकिलो गरिरहेका बेला माथिबाट आएको पहिरोले एक्साभेटर च्यापेका कारण चालक भाग्न नपाएको बताउनुभयो ।

प्रहरी निरीक्षक थापाले भन्नुभयो, चालकलाई कुनै सङ्केत नै भएन । एक्कासि चट्टान खसेपछि भाग्न सक्ने अवस्था भएन, दुःखद घटना भयो । हिजो रात परेकाले अरु पहिरो खस्ने खतरा भएकाले उद्धार गर्न नसकिएको उहाँले बताउनुभयो । बिहान उज्यालो भएपछि अनि सबै लागेर क्षेतबिच्छेद भएको शव निकालेको थापाले बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?