स्याङ्जा क्षेत्र नं १ समानुपातिकतर्फ एमाले पहिलो दल

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको छ । कुल ७१२३९ मतमध्ये एमालेले २६०१२ मत प्राप्त गरेर आफूलाई अग्र स्थानमा आफूलाई उभ्याएको छ ।

दोस्रो स्थानमा नेपाली काङ्ग्रेस रहेको छ । काङ्ग्रेसले २५४३१ मत प्राप्त गरेको छ । यसरी समानुपातिकमा एमालेले काङ्ग्रेसको भन्दा ५८१ मत बढी प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । रास्वपाले ११२७६ प्राप्त गरेर तेस्रो स्थानमा पुगेको छ । चौंथो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्रले ३५७९ मत प्राप्त गरेको छ ।

राप्रपाको हलो चिह्नले १४९९ मत प्राप्त गरेको छ । मङ्गोल नेसनल अर्गनाइजेसनको चिह्न कुखुराको भालेमा ६४९ मत खसेको छ । नेकपा एसको कलम चिह्नमा ४५२ मत खसेको छ भने हाम्रो नेपाल पार्टीको लौरोले १७२ मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टीको छाता चिह्नमा ११८ मत खसेको छ । आमा चिन्हमा ९५ मत खसेको छ भने लोसपाको साइकलले ७७ प्राप्त गरेको आयोगको कार्यालयले जनाएको छ ।

समानुपातिकमा क्षेत्र नं १ मा प्रतिनिधि सभाका लागि कुल ७२१३९ मध्ये २२२१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । क्षेत्र नं १ मा जम्मा ४८ दलहरू प्रतिस्पर्धामा थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?