फुटबल खेलमा फड्को मार्दै नेविसंघ फेदीखोला

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । गण्डकी प्रदेश स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका-२ फेदिखोला रंगशालामा समाजसेवी खर्क बहादुर गुरूङज्युको मुख्य प्रायोजनमा आयोजना गरिएको ठब् साईड फुटबल प्रतियोगितामा नेपाल विद्यार्थी संघ फेदिखोला गाउँपालिकाले प्रथम स्थान हासिल गर्दै ट्रफीसहित खसी, प्रमाणपत्र तथा मेडल जितेको छ भने उपविजेता सिदार्थ क्लबले २ वटा भालेसहित प्रमाणपत्र र मेडल जित्न सफल भएको छ ।

नेविसंघ फेदिखोलाको टिम कोचमा सन्देश जिसि र टिम म्यानेजर मुकेश गुरुङ रहनुभएको थियो । उक्त खेलमा ७ वटा टिमको सहभागिता रहेको थियो ।

यसैगरी ने.वि. संघ फेदिखोला गाउँपालिका सभापति बाबू महेश खड्काले दिएको जानकारी अनुसार AP75 क्लब स्याङ्जाले यहि पुस ११ गतेदेखि १४ गते गतेसम्म आयोजना गरेको फुटबल खेलमा १७ टिमको सहभागिता थियो । नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिकाको टिमले प्रथम स्थान हासिल गरी ३०००० (तीस हजार) नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?