सुदूरपश्चिम प्रदेशसभाको बैठक जेठ १६ गते आह्वान गर्न सिफारिस

Read Time = 1 min

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गर्न मन्त्रिपरिषदको बैठकले सिफारिस गरिएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १६ गते बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष आह्वानको सिफारिस गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा रणबहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बताउनु भयो।

मन्त्री रावलका अनुसार जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशनको बैठक बस्ने गरी मन्त्री परिषदले सिफारिस गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?