गोरू चराउन गएका व्यक्ति मृत अवस्थामा फेला

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 1 min

स्याङ्जा । बिरूवा गाउँपालिका वडा नं. २ चेप्टे बस्ने ३९ वर्षीय चन्द्र ब. राना मृत भेटिएका छन् । उनी पौष ०५ गते ११:०० बजेको समयमा गोरू चराउन भनि मौवाघारी जंगलमा गएका थिए । बेलुका गोरू फर्की आएको तर मानिस फर्की नआएकोले खोजतलास भइरहेको थियो ।

यसै क्रममा उनको शव शुक्रबार बिहान ०९ बजे मौवाघारी जंगलमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

रानाको शब पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङ्जा पठाईएको र थप अनुसन्धान कार्य जारी रहेको डिएसपी इन्द्रबहादुर रानाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?