रुपन्देही । उद्योग ब्यापार संघ बुटवलको अध्यक्षमा विष्णुप्रसाद पाण्डे निर्वाचित भएका छन् । संघको बुटवलमा सम्पन्न पांचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाण्डेको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा लोकनाथ पन्थी, उद्योग उपाध्यक्षमा पदम जि.सी., बाणिज्य उपाध्यक्षमा केशव श्रीस,महिला उपाध्यक्षमा अन्जु पाण्डे, महासचिवमा यमलाल मरासिनी, सचिवमा कोशलराज भण्डारी, कोषाध्यक्षमा नम्रता थापा र सहकोषाध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका निर्वाचन समिति संयोजक दामोदर घिमिरेले बताउनु भयो।
यस्तै कार्य समिति सदस्यहरुमा न्याजुद्दिन मियाँ, विनोद खाती, देवेन्द्र राना, विष्णु मरासिनी, दिपीका क्षेत्री, विशाल पन्थी, विनोद आचार्य,सौरभ भुसाल, दिल प्रसाद शर्मा, प्रशान्त बञ्जाडे, विजय आचार्य, जिब बहादुर बुढाथोकी, जनेस पन्थी, बसन्ता खनाल र नारायण प्रसाद पाण्डे निर्वाचित भएका निर्वाचन प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
निर्वाचित पदाधिकारी र सदस्यहरुलाई निर्वाचन प्रमुख घिमिरेले संघका निवर्तमान अध्यक्ष गोबिन्दराज गैरे,नेपाल उद्योग ब्यापार महासंघका बाणिज्य उपाध्यक्ष बाबुराम पोखरेल,महासचिव खिमनारायण पराजुलीको उपस्थितिमा पद तथा गोपनियताको सपथ गराउनु भएको छ।
नवनिर्वाचित अध्यक्ष पाण्डेले उद्योगी व्यवसायीका समस्या समाधानमा पहलसंगै नयां सदस्य विस्तार, संघको सचिवालय भवन निर्माण र २०८२ मा बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा औद्योगिक ब्यापार मेला सञ्चालन आफ्नो मुख्य कार्यभार रहेको बताउनु भयो ।
सचिवालय भवन निर्माणको संयोजक निवर्तमान अध्यक्ष गोविन्दराज गैरे रहनु भएको छ । उहाँले करिब २ करोड लागतमा २ वर्षभित्र दुई तले सुविधासम्पन्न सचिवालय भवन तयार गर्ने लक्ष्य रहेको र यसमा सबैको साथको अपेक्षा गरिएको बताउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच