शिक्षा विधेयक समयमै ल्याउन संसदमा सक्रिय भूमिका खेल्ने छु : सांसद थापा

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । संविधानसभा सदस्य तथा स्याङ्जा जिल्ला क्षेत्र नं १ का सङ्घीय सांसद राजु थापाले शिक्षा विधेयक समयमै ल्याउन आफूले संसदमा सक्रिय भूमिका खेल्ने बताउनुभएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका स्याङ्जा बजारस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव समारोहमा बोल्दै सांसद थापाले उक्त कुरा बताउनुभएको हो । उहाँले सङ्घीय शिक्षा विधेयक आएपछि धेरै समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले शिक्षकलाई गाली गरेरमात्र पनि सार्वजनिक शिक्षाको गुणस्तर नसुध्रिने भन्दै शैक्षिक गुणस्तर वृद्धि गर्न अभिभावक र समुदायको उत्तिकै भूमिका रहने बताउनुभयो । उहाँले पुतलीबजार नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्नुपर्ने बताउँदै पछिल्लो समय पुतलीबजारभित्रका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सक्रियता बढ्नु सकारात्मक रहेको बताउनुभयो ।

सार्वजनिक विद्यालय सुधार्न सकिन्छ भन्ने उदाहरण त्रिभुवन आदर्श माविले दिएको भन्दै अरुले पनि राम्रो कामको अनुकरण गरेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष निर्मल शेरचन र अग्नि भण्डारी, रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश अर्याल, श्रवण माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रविन केसीलगायतले मन्तव्य राखेको उक्त कार्यक्रममा विद्यार्थीहरुद्वारा नृत्य तथा विभिन्न विधामा प्रस्तुति दिइएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुक्ति रेग्मीले अतिथिहरुलाई स्वागत गर्दै विद्यालयका शैक्षिक गतिविधिहरुका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा व्यवस्थापन समितिका पूर्व अध्यक्ष तुलसी गिरीले विज्ञान सङ्कायको नवनिर्मित भवनको उद्घाटन गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक प्रेम पौडेलले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?