म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ ,घारमा हाइभोल्टेज करेन्ट प्रवाहका कारण विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । पाँच जना घाइते भएका छन् ।
अन्नपूर्ण गाउँपालिका ६ घारका वडाअध्यक्ष रामबहादुर खड्काका अनुसार आइतबार विद्युतको मुख्य र वितरण लाइन हावाले छोइएपछि उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हो ।
आगलागीबाट घारको ओडारे,भुवानीथान,भुन्या,इदार,बिरौटा टोलका घरहरुमा क्षति भएको हो । स्थानीय जितबहादुर बरुवाल (राम) को घर र पसल जलेर १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जनप्रतिनिधी र प्रहरीको टोलीले ६० घरमा क्षति पुगेको विवरण संकलन गरेको छ ।
त्यसैगरी आगलागीका कारण पाँचओटा कुटानी पिसानी मिल र घरमा राखिएको मिटरबक्स जलेर क्षति भएको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले विद्युत सर्ट हुनुको कारण पहिचान गर्न अध्ययन भैरहेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच