फिलिपिन्सको राष्ट्रपतिमा फर्डिनाण्ड मार्कोस

Read Time = 3 mins

मनिला । फिलिपिन्सको राष्ट्रपतिमा फर्डिनाण्ड मार्कोस जुनियर नियुक्त हुनुभएको छ । फिलिपिन्सका निवर्तमान नेता रोड्रिगो दुतेर्तेको स्थानमा बिहीबार मार्कोस जुनियरले नयाँ राष्ट्रपतिको रूपमा शपथ लिनुभएको हो । फिलिपिन्सका १७औं राष्ट्रपतिको रूपमा उहाँले शपथ ग्रहण गर्नुभएको हो ।

मार्कोस जुनियरले यसै महिना भएको राष्ट्रपतीय निर्वाचनमा ६० प्रतिशत मत हासिल गरेका गर्नुभएको थियो । निर्वाचनमा बोङ बोङ उपनामले परिचित मार्कोस जुनियरले प्रतिद्वन्द्वी लेनी रोब्रेडोलाई पराजित गर्नुभएको थियो ।

मार्कोस जुनियर राष्ट्रपति बनेसँगै मार्कोस परिवार फिलिपिन्सको राज्यसत्तामा जोडदार पुनरागमन गरेको छ । यो परिवार सन् १९८६ को विद्रोहपछि सत्ता बाहिर थियो । यस्तै उपराष्ट्रपतिमा निवर्तमान राष्ट्रपति रोड्रिगो डुर्टेटकी छोरी सारा डुर्टेट नियुक्त हुनुभएको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिले बिहीबार राजधानी मनिलास्थित नेशनल म्युजियममा शपथ लिनुभएको छ शपथमा देश-विदेशबाट ठूलो संख्यामा अतिथिलाई आमन्त्रण गरिएको थियो । चिनियाँ उपराष्ट्रपति वाङ किशान र संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति कमला हृयारिसका श्रीमान् डग एमहोफलगायत विदेशी व्यक्तित्वहरूले शपथ ग्रहण समारोहमा उपस्थिति जनाउनुभएको थियो ।

नवनियुक्त राष्ट्रपति जुनियर मार्कोसका पिता फर्डिनाण्डले सन् १९६५ देखि १९८६ सम्म फिलिपिन्सको सत्तामा हुनुहुन्थ्यो । तर, सन् १९८६ मा मार्कोस परिवारविरुद्ध लाखौं मानिस सडकमा आएपछि मार्कोस परिवार देशबाटै पलायन भएको थियो । त्यतिबेला हालका राष्ट्रपति मार्कोस जुनियर २८ वर्षका हुनुहुन्थ्यो । मार्कोस परिवार सन् १९९१ मा स्वदेश फर्किएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?