जनकपुरमा पनि भाटभटेनी

Read Time = 2 mins

जनकपुरधाम । जनकपुरधाममा भाटभटेनी सुपर स्टोर सञ्चालनमा आएको छ । बुधबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले जनकपुरस्थित मुजेलियामा स्टोरको उद्घाटन गर्नुभएको हो । जनकपुरधाम उपमहानगरपालिका-१४ को मुजेलियास्थित रमण टावरसँगै दक्षिणतर्फको जग्गामा भाटभटेनी मार्केट एण्ड स्टोर्स कम्पनीले भाटभटेनी सुपरमार्केट सञ्चालनमा ल्याएको हो ।

सञ्चालक गुरुङले आफू बाल्यकालमै आफ्नो घरमा रामायणको किताब रहेको र त्यसबारे सोध्दा बुबाबाजेले रामायण र जनकपुरधामबारेमा आफूलाई सुनाएकाले आफ्नो जनकपुरधामप्रतिको आस्था दर्शाउन स्टोर विस्तार गरेको बताउनुभयो । जनकपुरमा सञ्चालनमा ल्याइएको स्टोर देशमै २५औँ र मधेश प्रदेशमा वीरगञ्जपछिको दोस्रो स्टोर हो ।

गुरुङले मधेशका चेलीबेटीलाई रोजगार दिएर शिक्षा आर्जनमा आत्मनिर्भर बनाउँदै बाल र अपरिपक्व विवाह रोक्न स्टोरले बेटीहरूलाई प्राथमिकतामा राखेर अवसर दिएको बताउनुभयो । सो अवसरमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले भाटभटेनीले जनकपुरलाई राजधानीका रूपमा सार्थक गर्ने पहिलो कदम चालेको रूपमा आफूले लिएको बताउनुभएको थियो ।

स्टोरमा करिब दुई सयजनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने जसमध्ये अधिकांश महिला छन् । स्टोर शुभारम्भ कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्र, जनकपुरका मेयर मनोजकुमार साह, पूर्वमेयर बजरंगप्रसाद साहलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?