इन्फ्रास्ट्रक्चर्सद्वारा मेवा डेभलपर्समा लगानी

Read Time = 2 mins

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले मेवा डेभलपर्स लिमिटेडमा लगानी गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड ग्लोबल इक्विटी फण्ड, प्राइम लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा प्रवद्र्धित कम्पनी हो ।

मेवा डेभलपर्सले हाल ताप्लेजुङमा ७३.५० मेगावाट मध्य मेवा जलविद्युत् र ९.३० मेगावाट शिवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । एनआइआइएफबाट प्राप्त रकम कम्पनीले विकास गरेका दुई पिआरओआर प्रकारका जलविद्युत् आयोजना कार्यान्वयनमा प्रयोग गरिने मेवा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले बताउनुभएको छ ।

उक्त लगानीबाट मेवाले ऊर्जा उत्पादनमा जलविद्युत् उद्योगको नेतृत्वका साथै वातावरण, सामाजिक र सुशासन लाभ अभिवृद्धि गर्न नयाँ दृष्टिकोण ल्याउने एनआइआइएफका लगानी प्रबन्धक, ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक, डा. मनिष थापाले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?