एसबिआई बैंकले ऋणपत्र निष्कासन गर्ने

Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंकले दुई अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अन्तिम स्वीकृतिका लागि पेश गरेको गरेको छ ।

कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १७ गते सेबोनमा स्वीकृतिका लागि पेश गरेको हो । ऋणपत्र निष्कासन गर्न बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक नौ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले कुल कित्तामध्ये आठ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?