काठमाडौं । बिजमा जान हतार भन्ने मूल नाराका साथ ग्राण्ड युके एडमिसन डे २०२४ आयोजना हुने भएको छ । बेलायतमा उच्च शिक्षा अध्ययनका लागि जान इच्छुक विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको बिज एजुकेसनले चैत ४ र ५ गते अर्थात् मार्च १७ र १८ मा ग्राण्ड युके एडमिसन डे २०२४ आयोजना गर्ने भएको हो । बेलायतका उत्कृष्ट विश्वविद्यालयसँग विद्यार्थीको साक्षात्कार गराउने लक्ष्यसहित भक्तपुर गठ्ठाघरस्थित आफ्नै कर्पोरेट कार्यालयमा एडमिसन डे आयोजना हुने आयोजक बिज एजुकेसनले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
ग्राण्ड युके एडमिसन डेमा बेलायतका उत्कृष्ट विश्वविद्यालयहरू युनिभर्सिटी अफ बेष्ट इंग्ल्याण्ड, लिड्स विकेट युनिभर्सिटी, अक्सफोर्ड इन्टरनेसनल एजुकेसन ग्रुप, युनिभर्सिटी अफ बेष्ट स्कटल्याण्ड, युनिभर्सिटी कलेज वर्मिङहम, युनिभर्सिटी अफ इष्ट लण्डनलगायतका प्रतिनिधिले विद्यार्थीहरूलाई उचित परामर्श प्रदान गर्ने भएकाले विद्यार्थीले युनिभर्सिटीका सेवा सुविधा र शर्तबारेमा सत्यतथ्य जानकारी पाउने बिज एजुकेसनका युके डाइरेक्टर हरिकृष्ण कार्कीले बताउनुभयो । तर, उच्च शिक्षाका नाममा रोजगारीको उद्देश्यले भने विदेश जान नहुने उहाँले बताउनुभयो । कार्कीले भन्नुभयो, ‘शैक्षिक परामर्शका नाममा कतिपय एजुकेसन कन्सल्टेन्सीहरूले गलत परामर्श दिने गरेका छन्, आफ्नो आर्थिक अवस्था राम्रो छ भने मात्रै उच्च अध्ययनका लागि विदेश जानु उपयुक्त हुन्छ, अन्यथा घरजग्गा बेचेर वा ऋण खोजेर जाँदा धेरै जोखिम हुन्छ । कि त पूर्ण छात्रवृत्ति हुनुपर्यो ।’
कार्कीका अनुसार आर्थिक अवस्था राम्रो नहुँदा नहुँदै पनि विदेशिने विद्यार्थीमध्ये ९५ प्रतिशत विद्यार्थी समस्यामा पर्ने गरेका छन् । पछिल्लो समय विदेशमा हुने पढाइ नेपालकै विश्वविद्यालयमा हुने गरेको भन्दै अध्ययनकै लागि घरजग्गा बेचेर वा ऋण खोजेर विदेशिनुपर्ने बाध्यता नरहेको पनि उहाँले बताउनुभएको छ ।
पत्रकार सम्मेलनमा बिज एजुकेसनकी युके मेनेजर रेखा नेगी लामाले ग्राण्ड युके एडमिसन डे २०२४ विद्यार्थीलाई विदेशिन प्रोत्साहित गर्ने उद्देश्यले रोजगारीका लागि नभई विशुद्ध अध्ययनकै लागि जान चाहने विद्यार्थीका लागि भएको बताउनुभयो । बिज एजुकेसनका ब्राण्ड एम्बास्डर जितु नेपालले बिज एजुकेसन अन्य एजुकेसनभन्दा फरक रहेको भन्दै बिजसँग जोडिन पाउँदा गौरव महसुस भएको बताउनुभयो । साथै बिजले खेलकुद र युवा क्षमतावान प्लेयरलाई उत्प्रेरणा दिने उद्देश्यले भक्तपुर जिल्लाकी बेष्ट ब्याडमिन्टन खेलाडी शर्लिन श्रेष्ठलाई स्पोर्ट्स ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच