देवदहमा बस दुर्घटना, २० जना घाइते

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । रुपन्देहीको देवदहमा बस दुर्घटना भएको छ ।

गए राती पूर्वपश्चिम राजमार्गअन्तर्गत देवदहमा बस दुर्घटनामा परी २० जना घाइते भएका छन् ।

सो बस दुर्घटनामा घाइते भएकाहरूलाइ देवदह मेडिकल कलेजमा उपचार गराइराखिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहरप्रसाद भट्टले दिएको जानकारी अनुसार काठमाडौंबाट दाङ जाँदै गरेको बा प्र ०३-००१ नम्बरको बस गए राति पौने १२ बजे देवदह नगरपालिका-८ भलुहीमा पल्टिएको थियो । मध्यरातमा  अचानक बस पल्टिएर भएको दुर्घटनामा परी सो वसमा सवार रहेका २० यात्रु घाइते भएका हुन्।

प्रहरीका अनुसार सो बसमा ३८ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?