बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

शनिबार बिहान दोगडाकेदारको वडा नं ८ बाट वडा नं ३ को सिल्लेगडा आउदै गरेको से १ ज ६०३ नम्बरको बोलेरो जिप वडा नं ३ कै घोडेधारमा दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका वडा नं ८ का ३५ वर्षीय अम्मर बिष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

जिपमा सवार अन्य ५ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भिर रहेको छ । घाइते हुनेमा वडा नं ८ की ३० वर्षीय कलावती बिष्ट सोही ठाउँकी ४५ वर्षीया हिरा बिष्ट, ४ वर्षीय रियाग बिष्ट, ७ वर्षीय सुसिला बिष्ट र ६० वर्षीय पदम बिष्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते कलावती र हिराको अवस्था गम्भिर रहेको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइएको छ । ग्रामिण सडकमा सवार जिप उकालोमा चड्न नसकेर पछाडी आएपछि दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?