काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति गठन गरेको छ । दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले रायको नेतृत्वमा चार सदस्यीय प्राविधिक समिति गठन गरेको हो । समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहनुभएको छ ।
उक्त प्राविधिक समितिले सात दिनभित्र टिकटक बन्द गरे÷नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने संयोजक विजयकुमार रायले जानकारी दिनुभयो । ‘हामी कुन कुन आइएसपीले टिकटक प्रतिबन्ध लगाए, कुन कुनले सकिरहेका छैनन् वा कठिनाइ भइरहेको छ, त्यसको खोज अनुसन्धान गरिरहेका छौँ, यसबारेमा सात दिनभित्रै रिपोर्ट तयार गर्नेछौँ ।’
यसअघि शुक्रबार नै प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ । सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । लगत्तै दूरसञ्चार प्राधिकरणले टिकटकलाई पत्र लेखेर सरकारको निर्णय जानकारी गराएको थियो । प्राधिकरणले शुक्रबार टिकटकलाई अर्को पत्र पनि पठाएर टिकटकमा प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयनमा सहयोगका लागि आग्रह गरिएको छ । सरकारको यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भइसकेको छ । रिट निवेदनहरूमाथि मंसिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रबार पेस भएका रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मंसिर ४ गतेका लागि पहिलो पेसी तोकेको हो ।
मन्त्रिपरिषद्ले ‘सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने’ निर्णय गरेको थियो । बिदाकै दिन सरकारी कार्यालयहरू खुलाएर सरकारले निर्णय कार्यान्वयन गराएको थियो ।
प्रतिबन्धको विरोधमा प्रदर्शन
सामाजिक सञ्जाल टिकटकको प्रयोगमा सरकारले लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन भएको छ । काठमाडौंको माइतीघर मण्डलामा शनिबार विरोध प्रदर्शन भएको हो । प्रयोगकर्ताहरूले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीलाई तानाशाह नबन्न आग्रह गर्दै अभिव्यक्ति स्वतन्त्रता नखोस्न आग्रह गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच