काठमाडौं । संसारका दुई सय बढी मुलुकबाट डिजिटल प्रविधिमार्फत् सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनि ट्रान्सफर र रोमानियाको पहिलो मनि ट्रान्सफर कम्पनी स्मिथ एन्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
सम्झौतासँगै रोमानियामा अध्ययन, काम तथा बसोबास गर्दै आएका नेपालीले नेपालमा आफन्तजनलाई स्मिथ एन्ड स्मिथका रोमानियाभरि रहेका कुनै पनि शाखाबाट सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।
साथै देशभरि ५० लाख प्रयोगकर्ता सञ्जाल रहेको इसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिने बताइएको छ । सम्झौतामा इसेवा मनिका प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एन्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गर्नुभएको छ ।
स्मिथ एन्ड स्मिथ सन् १९९९ मा स्थापना भएको रोमानियाकै पहिलो मनि ट्रान्सफर कम्पनी हो, जसलाई सन् २०११ मा रोमानियाको राष्ट्रिय बैंकले पेमेन्ट इन्स्टिच्युसनको मान्यता प्रदान गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच