बजाजको नयाँ पल्सर बाइक

Read Time = 2 mins

काठमाडौं । बजाज मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले पल्सरको नयाँँ मोडलको बाइक एन २५० र एन १६० सार्वजनिक गरेको छ । हरेक दिन चलाउन पनि हुने र पावर र पर्फर्मेन्सयुक्त स्पोर्टी मोटरबाइक रुचाउने युवा पुस्ताका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यू गोल्छाले नेपालमा लन्च भएदेखि नै पल्सर बाइकले बाइकिङ क्षेत्रमा नयाँँ मापदण्ड खडा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘७० भन्दा बढी देशमा गरेर पल्सर विश्वव्यापीरूपमै सर्वाधिक रुचाइएको ब्राण्ड भएको छ । फेरि पनि यही सिलसिला कायम राख्दै पल्सरले दुईवटा बाइकहरू लन्च गरेको छ, जसले बाइकिङ क्षेत्रका लागि फेरि नयाँँ मापदण्ड खडा गर्नेछ ।’

मोडर्न एरो डाइनामिक डिजाइन र सार्प युनिबडी जेस्चर भएको पल्सर एन २५० आकर्षक रहेको छ । जसको स्याटन ग्रे फिनिस एग्जस्ट र चौडा टायरले झनै स्पोर्टी र स्टाइलिस लुक दिएको छ । नयाँँ स्पोर्ट्स टेक थिममा डिजाइन गरिएको बाइकमा प्रयोग भएको नयाँँ प्रिमियम मेटालिक कलरले पनि बाइकको स्कल्प्चरल प्युरिटीलाई हाइलाइट गरेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार सबैभन्दा शक्तिशाली १५० सिसीदेखि लिएर एनएस २०० को पावरसम्म आउँदा पल्सर सदैव सबैभन्दा फास्टेस्ट बाइक हो । पल्सर २५० कै प्ल्याटफर्म प्रयोग गरेर बनाइएको पल्सर एन् १६० मा डुअल च्यानल एबिएस् सिस्टम प्रयोग गरिएको छ, जुन यसअघिका मोडलमा प्रयोग गरिएको थिएन । नेपाली बजारमा उल्लेखित बाइकको मूल्य क्रमशः चार लाख ८९ हजार नौ सय र तीन लाख ७९ हजार नौ सय रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?