भारतलाई सुरुवाती झड्का, तीन विकेट गुमाउँदा ९४ रन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ आईसीसी क्रिकेट विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त भइरहेको छ ।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने फाइनल खेलमा अस्ट्रेलियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । खेलको सुरुवातमै भारतलाई झड्का लागेको छ । भारत ५ रनको अन्तरमा दुई विकेट गुमाएको भारतको १३ ओभरको समाप्तिमा जम्मा ९४ रन जोड्दै तीन विकेट गएको छ । भारतले ११ ओभरमै ३ विकेट गुमाएको थियो । अहिले क्रिजमा विराट कोहली र केएल राहुल खेलिरहेका छन् ।

कप्तान रोहित शर्मा ४७, श्रेयस अय्यर ४ र सुभमन गिल ४ रनमा आउट भए ।

यस विश्वकपमा अपराजित रहदै भारत फाइनलमा पुगेको हो । भारत चौथो पटक एकदिवसीय विश्वकपको फाइनल खेल्दै छ । यसअघि १९८३ र २०११ को विश्वकपको उपाधि जितेको थियो भने २००३ मा विश्वकपको फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको थियो ।

त्यसैगरी अस्ट्रेलिया भने यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुँदै फाइनलमा पुगेको हो ।

त्यस्तै अस्ट्रेलिया भने आठौँ पटक विश्वकपको फाइनल खेल्दै छ । अस्ट्रेलियाले आठ वर्षपछि विश्वकपको फाइनल खेल्ने भएको छ । सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको अस्ट्रेलियाले सन् १९७५ र १९९६ को फाइनलमा हार बेहोरेको थियो । त्यस्तै अस्ट्रेलिया २०१९ को विश्वकपमा भने सेमिफाइनलमा ईङल्याण्डसँग पराजित भएर बाहिरिएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?