रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रसुवागढी नाकाबाट सुनका गहनासहित तीनजना पक्राउ परेका छन् । चीनबाट नेपाल आइरहेका उनीहरुलाई १३ लाखभन्दा बढी मूल्य बराबरका अवैध सुनका गहनासहित इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट साथबाट तौल १२ तोलाको एक/एक थान बेरुवा औंठी बरामद गरिएको प्रहरीको भनाइ छ । बरामद सुनको बजार मूल्य १३ लाख ८८ हजार ४०० रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका-५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका-३ ब्रिदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?