भोजपुर । लक्ष्मी पूजामा बालेको दियोबाट आगलागी हुँदा घरबार बिहिन बन्न पुगेका भोजपुरका ज्ञानराज बिष्टको परिवारलाई दुई लाख एक रुपैयाँ संकलित रकम हस्तान्तरण गरिएको छ ।
भोजपुर नगरपालिका वडा नम्वर ८ वडा कार्यालयको अगुवाईमा संकलन भएको सो रकम वडाध्यक्ष नवीन प्रधानले बुधवार पीडित बिष्टलाई हस्तान्तरण गर्नुभयो । वडाध्यक्ष प्रधानले अग्नी पीडित बिष्टको परिवारलाई आफनै घरको छाना मुनी बस्न सहयोग गर्ने उद्धेश्यले वडाले रकम संकलन गरेको बताउनुभयो । वडाभित्र र बजार क्षेत्रमा सहयोग रकम संकलन भएको हो ।
२०८० कार्तिक २६ गते लक्ष्मी पूजाको दिन बालिएको दियोबाट आगोलागी हुदाँ २६ लाख ५८ हजार बराबरको क्षति भएको थियो । पीडित बिष्ट परिवारलाई भोजपुर नगरपालिका वडा नम्वर ७ कुपी टोलले देउसीबाट संकलन भएको १५ हजार पाँच सय पाँच रुपैया समेत सहयोग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच