
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको एक वन उपभोक्ता समितिका अध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भुम्लु गाउँपालिका-४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगीता चौलागाईं र कोषाध्यक्ष माधवप्रसाद चौलागाईंविरुद्ध अख्तियारले बुधबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले उपभोक्ता समूहका अध्यक्ष लामासहित तीन जनाले समूहको रकम आफूखुसी खर्च गरी हिनामिना गरेको आरोप लगाएको छ । अध्यक्ष लामासहित तीन जनाले उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट नौ लाख १३ हजार २८० रुपैयाँ ९० पैसा निकालेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो काम बदनियतपूर्ण र नियमविपरीत भएको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा बिगो नौ लाख १३ हजार २८० रुपैयाँ ९० पैसा कायम गरी बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच