काठमाडौ। अत्यावश्यक कामममा बाहेक सवारी साधनको प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । बिहीबार काठमाडौँमा दुर्गा प्रसाइ नेतृत्वको समुह र एमालेनिकट युवा संघको छुट्टाछुट्टै विरोध प्रदर्शन र जुलुस हुने भएकाले ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको हो ।
उपत्यकाका विभिन्न स्थानमा बिहीबार विभिन्न समूहले र्याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने सम्भावना भएकाले गाढी नचलाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको हो ।
ट्राफिक प्रहरीले सडकमा सवारी साधन लिएर निस्कनुअघि १०० वा १०३ मा टेलिफोन गर्न तथा ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुन्दै सडकको अवस्थाबारे जानकारी लिनसमेत आग्रह गरेको छ ।
ट्राफिक प्रहरीले चालक तथा यात्रुको सुरक्षाका लागि सवारीसाधन जुनसुकै स्थानबाट पनि मार्गपरिवर्तन गराउनसक्ने भएकाले आवश्यक सहयोग गर्नसमेत सबैलाई अनुरोध गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच