त्यो बेलाको ट्रलिबस सम्झिँदा…(फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । कैलालीबाट पासपोर्ट बनाउन आएका सुर्य बहादुर थापा त्रिपुरेश्वरको बाटो हिड्दा सडकको छेउहरुमा ठूला ठूला अनौठो लाग्ने पोलहरु देख्दा के को हो भन्ने लागेको थियो । उनले त्यहि कुरा जान्न एउटा पसलमा सोध्दा ट्र्लिबस चल्ने पोल हो भनेर पसलवालाले भन्दा अचम्मित भए ।र अझै पनि चल्छ? भन्दै सोधे , पसलवालाको जवाफ थियो, ‘इतिहास भयो ट्रलिबस कुनै बेला थियो भाइ’ भनेर हाँसेर उडाइदिए ।

हो पनि थापा जस्तै त्रिपुरेश्वरको बाटो हिड्नेलाइ ती ठुला ठुला प्रयोगबिहिन पोलहरु देख्दा केको हो भन्ने नै लाग्ने गर्दछ ।काठमाडौँ र भक्तपुर जिल्लालाई जोड्ने राजधानीको फराकिलो सडकमा त्रिपुरेश्वर–सूर्यविनायक कुनै समय ट्रलीबस गुड्थ्यो । चीन सरकारको सहयोगमा २०३२ सालमा त्रिपुरेश्वर–माइतीघर–सूर्यविनायकसम्मको १४ किलोमिटरमा विद्युतीय ट्रलिबस निर्माण गरिएको थियो । ट्रलिबस  निर्माण भएको १२ वर्षसम्म निर्वाध रूपमा सञ्चालन भए पनि २०४४ सालसम्म बन्द हुने अवस्थामा आइसकेको थियो ।

ट्रलिबसमा कोँचाकोँच आवतजावत गरेको अहिले तस्बिरमा मात्र सिमित छ । बिचमा बन्द भएको ट्रलिबस पछि सन २००१ सम्म आशिक रुपमा चलेको थियो । तर, सन २००८ पछि घाटा भएको कारणले पुर्णरुपमा बन्द भयो । ‘म नै भविष्य हुँ, मलाई बचाउनुहोस्’ मीनभवनस्थित यातायात व्यवस्था विभाग परिसरको कवाड हलमा थन्किएका ३२ ओटा ट्रली बसमा कोरिएको यो वाक्यांशले विभागलाई नै गिज्याइरहेको छ ।

बसका सबै पार्टपुर्जालाई खिया लागिसकेको अवस्था छ । विद्युतीय ट्रलिबस साँच्चै नै अब इतिहास बनेको छ । ३३ वर्षसम्म काठमाडौं उपत्यकाको सार्वजनिक यातायातमा योगदान दिएको ट्रलिबस सेवा अहिले कुनै सरकारी निकायको मातहतमा छैन । हेरौं, नेपाल फोटो लाइब्रेरीबाट कैद गरिएका अहिलेको अवस्थामा रहेका ट्रलिबस र सम्बन्धित भग्नावशेषहरुको तस्बिरहरु...

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?