पाकिस्तानको सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

सिन्ह्वा । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

कराँची पूर्वी जिल्लाका डेपुटी कमिश्नर अल्ताफ शेखले शनिवार भएको आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भएको बताउनु भयो । बढी जलेको कारण तीन जनाको अवस्था गम्भीर छ ।

दक्षिणी सिन्ध प्रान्तका कार्यवाहक मुख्यमन्त्री मकबुल बाकारले यस घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिनुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?