
लण्डन । आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । म्यानचेस्टर सिटी र लिभरपुलको बराबरीसँगै आर्सनल शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले काई हाभर्ट्जको गोलको मद्दतले १-० को जित निकाल्दै तीन अंक हासिल गरेको हो । ८९औँ मिनेटमा भने आर्सनलले खेलमा अग्रता लिएको थियो । बुकायो साकाको क्रसमा फार पोस्टमा हेडरमार्फत् गोल गर्दै हाभर्ट्जले गोल गर्नुभयो र आर्सनललाई तीन अंक दिलाउनुभयो ।
जितपछि पहिलो स्थानमा उक्लिएको आर्सनलको १३ खेलमा ३० अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेका म्यानचेस्टर सिटी र लिभरपुलको क्रमशः २९ र २८ अंक रहेको छ । यस्तै न्युक्यासल युनाइटेडले चेल्सीविरुद्ध ४-१ को फराकिलो जित निकाल्यो । न्युक्यासलको जितमा अलेकज्याण्डर इसाक, जमाल ल्यासेल्स, जोएलिन्टन र एन्थोनी गोर्डनले एक/एक गोल गर्नुभयो ।
इसाकले खेलको १३औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाउनुभयो । युवा खेलाडी लुइस माइलीको थ्रो पासमा गोल गर्दै इसाकले अग्रता दिलाउनुभयो । २३औँ मिनेटमा रहिल स्टरलिङले सानदार फ्रिकिक प्रहार गर्दै चेल्सीलाई खेलमा फर्काउनुभयो । ६०औँ मिनेटमा ल्यासेल्सले गोर्डनको क्रसमा हेडरमार्फत् गोल गर्दै न्युक्यासललाई पुनः अग्रता दिलाउनुभयो । त्यसको एक मिनेटपछि नै न्युक्यासलले अर्को गोल थप्यो । ८३औँ मिनेटमा गोर्डनले चौथो गोल गर्दै फराकिलो जित सुनिश्चित गर्नुभयो ।
जितपछि न्युक्यासल १३ खेलमा २३ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । चेल्सी भने १३ खेलमा १६ अंकसहित ११औँ स्थानमा छ । शनिबार राती नै सम्पन्न खेलहरूमा वेस्ट हृयाम, लुटन टाउन, ब्राइटन र बर्नमाउथले पनि जित हासिल गरेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच