लायन्स क्लवद्वारा सिंजाका ४०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । लायन्स क्वल इन्टरनेशनल काठमाडौं दक्षिणकाली डिष्ट्रिक्टद्वारा सिंजाका चारसय जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सो क्लवका अध्यक्ष लायन प्रमोद कुमार पौडेल, द्वितिय उपाध्यक्ष लायन राधाकृष्ण श्रेष्ठ , जोन सेयरपर्सन लायन सुन्दर कुमार आचार्य, जनसम्पर्क उपप्रमुख प्रा डा. लायन रामकृष्ण महर्जन, सदस्य लायन मुरारी बास्तोला र सदस्य लायन रामचन्द्र पाण्डेको टिम सिँजामा आएर विद्यार्थीलाई शैक्षिक सामाग्रीअन्तर्गत झोला, स्यानीटरी प्याड विद्यार्थीलाई वितरण गरेको क्लबका अध्यक्ष प्रमोद कुमार पौडेलले जानकारी दिनुभयो ।

स्कुल व्याग ४०० थान , कापी १७ ग्रस, बलपेन १२ सय पिस र स्यानीटरी प्याड ९१३ प्याकेट गाउँपालिकाको रोवरमा र मेडिया पार्टनर बेल सञ्चारको सहभागीतामा विद्यार्थीलाई वितरण गरेको लायन्स क्लव इन्टरनेशनल काठमाडौंका अध्यक्ष पौडेलको भनाइ छ। भविष्यमा पनि क्लब र सिँजा गाउँपालिका बिचको सम्बन्धमा क्लबको तर्फबाट थप कार्यक्रमहरु पनि सञ्चालन गर्ने क्लबका द्वितिय उपाध्यक्ष लायन राधाकृष्ण श्रेष्ठले बताउनुभयो ।

गाउँपालिकाका २२ वटा प्रत्येक विद्यालयबाट १० प्रतिशतको आधारमा छनोट गरिएका जम्मा ४०० सय विद्यार्थीलाई क्लबले काठमाडौंबाट झोला,स्यानीटरी प्याड र शैक्षिक सामाग्री ल्याएर सिँजाका विद्यार्थीलाई सहयोग गर्नुभएकोमा क्लबका सम्पूर्ण टिमलाई गाउँपालिका अध्यक्ष अध्यक्ष पुर्णप्रसाद धितालले धन्यवाद दिनुभयो ।

पालिकाको कार्यालय देखि सबैभन्दा टाढा रहेको महादेव आधारभूत विद्यालय स्याउल्याका सबै विद्यार्थीलाई दिने र अरु प्रत्येक विद्यालयलाई १० प्रतिशतको आधारमा दिने भनेर गाउँ कार्यपालिकाले निर्णय गरे अनुसार सामाग्री वितरण गरेको अध्यक्ष धितालले जानकारी दिनुभयो । ‘हामीले झोला, स्यानीटरी प्याड र शैक्षिक सामाग्री पाउँदा निकै खुसी भएका छौं ।’ उहाँल्े भन्नुभयो । उहाँले लायन्स क्लव काठमाडौंलाई पनि विद्यार्थीले धन्यवाद दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?