प्रतिष्ठान निर्माणको माग गर्दै राजविराजमा प्रदर्शन

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 4 mins

राजविराज । सप्तरी युथ नेपालले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान अविलम्ब निर्माण गर्न माग गर्दै सोमबार सप्तरी सदरमुकाम राजविराजमा प्रदर्शन गरेको छ ।

अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराज नगरपालिका –१० विरौल स्थित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथ नेपालले थालेको आन्दोलनकाे दोस्रो दिन सोमबार र्‍यालीसहित प्रदर्शन गरिएकाे हाे ।

स्थानीय राज रङ्गशालाबाट निकालिएको युवाहरूको र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगी कोण सभामा परिणत भएको थियो भने प्रदर्शनकारीहरूले प्रतिष्ठानको काम शिघ्र सुचारु गर्न माग गरेका थिए ।

युथ नेपाल अन्तर्गतको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा भएको कोण सभामा प्रतिष्ठान निर्माण स्थलमा रिले अनशन बसिरहेका राम कुमार दास, नेकपा एमालेका युवा नेता अखिलेश झा, सप्तरी युथका सदस्य मुस्तकिन आलम सुरज यादव, बसन्त यादव सहितकाले मन्तव्य राख्दै सरकारलाई अविलम्ब प्रतिष्ठानको निर्माण शुरु गर्न आग्रह गर्नुभयो । उहाँहरूले काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने बताउनु भयो।

१२ गते मंगलबार सिटी जुलुस प्रदर्शन गर्ने, १३ गते बुधबार दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा १ घण्टा धर्ना दिने र १५ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा २ घण्टा धर्ना दिने रहेको कार्यक्रम रहेका राम कुमार दासले बताउनु भयो ।

२०७५ सालमा नेपाल सरकारको मन्त्री परिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको थियो । यद्यपि अहिलेसम्म डिपिआर निर्माण बाहेक त्यहाँ केही काम भएको छैन।

गजेन्द्र नारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवम् प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जित कुमार झा सरुवा भएर अन्यत्र गएपछि १ वर्ष यता कार्यकारी निर्देशकको पद समेत रिक्त छ । यस्तै प्रतिष्ठानमा कार्यरत ३ जना कर्मचारीको करार म्याद सकिएपछि प्रतिष्ठान कर्मचारी विहीन बनेको छ ।

पदाधिकारी विहीन समितिको कार्यालयमा लाखौं रुपैयाँ खर्चेर खरिद गरिएका समान थन्किएका छन् । प्रतिष्ठानको पूर्वाधार तयारी विकास समिति कार्यालयको लागि आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

जस मध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ९३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको बताइएको छ । कुल ११ अर्ब ९८ करोड रुपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न हुने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?