काठमाडौं । ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिका ६ स्थित पाटन बजारमा आइतबार शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगरप्रमुख गौरी सिंह रावलले एक समारोहबीच पाटन शाखा उद्घाटन गर्नुभएको हो । नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयको संख्या तीन सय ५१ पुगेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५१ शाखा, तीन सय ६९ एटिएम, दुई सय ७४ शाखारहित बैंकिङ, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउण्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच