
सिलगढी । कवि गीताश्री शर्माका दुई कृति कवितासंग्रह ‘वर्षा’ र संकलित रम्बाससंग्रह ‘काव्याञ्जलि’ लोकार्पण गरिएको छ । जनपक्ष प्रकाशनको आयोजनामा दुइटा साहित्यिक कृति एक कार्यक्रमबीच लोकार्पण गरिएको हो । वरिष्ठ साहित्यकार रुद्र पौडयाललगायत अन्य अतिथिको बाहुलीबाट दुई कृतिको सिलगढीस्थित होटल द लफ्टमा आयोजित एक भव्य कार्यक्रमबीच लोकार्पण गरिएको थियो ।
समारोहमा नेपाली साहित्य परिषद् सिक्किमका अध्यक्ष हरि ढुंगेल रम्बास कविता विधाका संस्थापक असमबाट मिलन बोहोरा, साहित्यकार राजेन्द्र भण्डारी, पेम्या तामाङ जनपक्ष प्रकाशनका प्रमुख पुण्यप्रसाद शर्मालगायत नेपाल असम, दार्जीलिङ, कालेबुङ अनि सिक्किमबाट धेरै साहित्यकारहरूको जमघट रहेको थियो ।
प्रमुख अतिथि पौडलले अहिलेको समयमा नेपाली साहित्यका पुस्तकहरू प्रकाशित हुने क्रम बढेको तर पढ्ने संस्कृति भने नभएको गुनासो गर्दैै कृतिका लेखकलाई शुभकामना तथा बधाई दिनुभएको थियो । समारोहमा नेपाल, असम, कालेबुङ डुअर्स र सिकिमबाट आएका कविहरूले आ-आफ्ना कविता वाचन गरेका थिए ।
कवितासंग्रह ‘वर्षा’ बारे आफ्नो विचार व्यक्त कवि गीताश्रीले छोरी वर्षाको जन्मदिनकै अवसरमा कृति लोकार्पण गर्न पाउँदा औधी खुशी लागेको बताउनुभयो । कविताको नयाँ विधा रम्बालाई अहिले धेरै कविहरूले स्वाउन थालेको र यस विधामा कलम चलाउन थालेको उहाँको भनाइ थियो ।
धन्यवाद हिमालय टाइम्सलाई
कार्यक्रम भव्य भएछ!!