आज डलरको भाउ घट्यो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार, मंगलबारको तुलनामा आज बुधबार डलरको भाउ केही घटेको छ । मंगलबार एक डलरको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको थियो । बुधबार भने डलरको भाउ घटेर एक डलरको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ७७ पैसा र बिक्री दर १४६ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ०३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८८.०६ रुपैयाँ र बिक्री दर ८८.४६ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३८ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८ रुपैयाँ ९९ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ २७ पैसा र बिक्री दर १० रूपैयाँ ३१ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४७ रुपैयाँ र बिक्री दर ३५.६३ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४८ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६१ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.१८ पैसा र विक्रीदर ४३३.१२ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?