‘ऐरी’बाट बलिउडमा डेब्यु गर्दै प्रदीप खड्का

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अभिनेता प्रदीप खड्का बलिउड सिनेक्षेत्रमा प्रवेश गर्ने भएका छन् । उनी ’ऐरी’मार्फते बलिउडमा डेब्यु गर्न लागेका हुन् ।

मंगलबार निर्माण टिमले ऐरीको घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टर र टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ । प्रदीपले अभिनय गर्ने पात्रको लुक पनि सार्वजनिक गरिएको छ । जसमा प्रदिपलाई टाउकोमा खुकुरीसहित फेटा गुथिएको देख्न सकिन्छ ।

जीवन थापाले निर्देशन गर्ने फिल्ममा भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्तकुमार कुँवर गुप्तासहितको लगानी रहनेछ । सुवास काले र प्रशान्तकुमार गुप्ता प्रदीपको फिल्म ’प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्माता हुन् ।

भारतमै छायांकन हुने ऐरी नेपााली, हिन्दी, तमिलसहित विभिन्न भाषामा निर्माण हुने बताइएको छ । फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?