दीपेन्द्र लामाले ‘दुःखी आत्मा’ निर्देशन गर्ने, मूख्य भूमिकामा दयाहाङ राई देखिने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘दुःखी आत्मा’ निर्देशन गर्ने भएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा नयाँ फिल्म दुःखी आत्मा निर्देशन गर्ने घोषणा गरेका हुन् । यो फिल्मलाई क्लब क्रिएसन्स र हिमाल कडरियाले निर्माण गर्नेछन् । हिमालले यसअघि फिल्म ‘नाङ्गो गाउँ’ निर्माण गरेका थिए ।

फिल्मको मुख्य भूमिकामा नायक दयाहाङ राई देखिनेछ । दीपेन्द्र, दया र हिमालको ‘नाङ्गो गाउँ’को सफलतापछि ‘दुःखी आत्मा’मा फेरि सहकार्य हुन लागेको हो । यसअघि पनि हिमाल र दीपेन्द्रले फिल्म ‘नाङ्गो गाउँ २’ निर्माणको घोषणा पनि गरेका थिए ।

मानिसहरू बाहिरी रुपमा जति खुशी देखिए पनि भित्र भित्रै दुःखी आत्मा लिएर बाँच्ने कथामा यो फिल्म बन्नेछ । फिल्मको छायांकन काठमाडौंमा हुने निर्माणपक्षले बताएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?