प्लस टु पढ्दै गरेका धेरैको मुखबाट सुनिन्छ बाँकी पढाइका लागि विदेशको योजना बनाएको छु । के गाउँ के शहर, किशोर अवस्थादेखि नै विदेश जाने रहरको बीजारोपण हुनु सामान्य बनेको छ पछिल्लो समय । यो परिदृश्यले सिंगो देश युवाविहीन हुने दिशातर्पm तीव्र गतिमा अगाडि बढिरहेको आभास हुन्छ । कैयौं जिल्लाका अनेक गाउँघरमा युवाको खडेरी छ । गाउँ युवाविहीन हुँदा लास बोक्नेसमेत मान्छे छैनन् वा मलामीको अभाव जस्ता शीर्षकको समाचार प्रकाशन हुने गरेका छन् ।
यो कटु यथार्थले कतै नेपाल वृद्धाश्रममा परिणत भइरहेको त छैन ? भन्ने गम्भीर प्रश्न खडा भइरहेको छ । वृद्धाश्रम पनि कस्तो जहाँ केवल पीडा छ, आर्तनाद छ र छ आफन्तबाट तिरस्कृत-बहिष्कृत भएको असीम छटपटी । यस पंक्तिकारले केही समय पहिला एक वृद्धाश्रममा गई वयोवृद्ध एक आमालाई भेट्यो । उहाँ समक्ष जिज्ञासा राख्यो-‘आमा, तपाईंको कोही नभएर यहाँ आउनुपरेको हो ?’ ती आमाले सुस्केरा हाल्दै भन्नुभयो, ‘मेरा तीन छोराहरू छन् बाबु । दुईजना विदेशमा र एउटा यहीँ काठमाडौंमै छ । सबै धनीमानी छन् तर मेरो हालखबर लिन कहिल्यै कोही आउँदैनन् ।’
‘छोरी छैनन् ?’ भन्ने प्रश्नमा उहाँले अपसोच गर्दै भन्नुभयो ‘छोरी भइदिएको भए त मलाई वृद्धाश्रममा बस्नै दिने थिइन । यहाँ धेरैजसो छोरी नभएकैहरू छन् ।’ छोरी जन्मँदा बिस्मात् गर्ने दम्पतीहरूका लागि ती आमाको छोरीप्रतिको अटल विश्वास एउटा गतिलो पाठ हुनसक्छ । जुन बाबु-आमाले जिन्दगीभरि दुःख-कष्ट अभावमा आपूmलाई राखेर पनि सन्तानलाई सुख दिन हरसम्भव प्रयास गरे, आफ्नो बुढेसकालका लागि जोहो गरेको गास-बास पनि सन्तानका ठूलाठूला आकांक्षा पूरा गर्न होमिदिए तिनै बाबु-आमालाई वृद्धाश्रममा अरूको दया-मायाको भरमा पठाउने कृत्यलाई कुनै पनि तर्क अगाडि सारेर उचित ठहराउन सकिँदैन ।
संघीय, प्रादेशिक, स्थानीय सरकारका हर्ताकर्ताहरू आफ्नो परिवार, नातेदारको स्वार्थ पूरा गर्ने चिन्तनलाई त्याग्न नसके पनि शून्य दशमलव एक प्रतिशत मात्रै देश र जनताको उन्नति-प्रगतिबारे सोच्न आरम्भ गरिदिए पनि निराशाको अँध्यारो केही कम हुन्छ ।
बिहे भएको केही वर्षमै बाबु-आमाको उपस्थितिलाई आफ्नो स्वच्छन्द जीवनैशली वा मोजमस्तीको बाधक ठानेर उनीहरूबाट टाढिन खोज्ने डरलाग्दो प्रवृत्तिले समाजमा जरो गाड्दै गएको छ । आफ्ना पत्नी र सन्तानको खुशी आनन्द-मनोरञ्जनतर्फ ध्यानदिनु हरेक पति र पिताको कर्तव्य हो । तर, आफ्ना माता-पिताको अपेक्षा, आशा-विश्वासलाई आहत बनाउने गरी त्यसो गर्नु न्यायोचित हुँदैन । विदेशको चमकदमकतर्फ आकर्षित भई नेपाल आमाको उपेक्षा गर्ने व्यवहारलाई प्राथमिकता दिनुले एक दिन सबैलाई पश्चात्ताप र कुण्ठाको आगोमा झिल्स्याउने निश्चित छ ।
कैयौं जिल्लामा युवा विदेश पलायन हुँदा खेतीयोग्य सयौं रोपनी जमिन बाँभैm छन् । केही युवाले विदेशको मोह त्याग गरेर स्वदेशमै विभिन्न उद्यम गरी विदेशभन्दा बढी आर्जन गरेको उदाहरण प्रस्तुत नगरेका होइनन् । तर, उनीहरूलाई अनुकरण गर्ने-गराउने उल्लेखनीय कार्य भएनन् । निश्चित रूपमा देशको राजनीतिक अवस्था अधिकांश र आ-आफ्नै निहित स्वार्थमा केन्द्रित राजनीतिक नेतृत्व यसकोे जिम्मेवार रहेको छ ।
विदेशमा रहेकाले सामाजिक सञ्जालमा उनीहरूबाट आउने गरेका आक्रोशपूर्ण अभिव्यक्तिले देशको अमनचैनमा कतैबाट पनि प्रहार हुँदा उनीहरुलाई पिरोल्ने गरेको स्पष्ट छ । समय-समय ती युवालाई आफूहरु स्वदेशमा नभएकोमा पछुतो पनि हुँदो होला र आफूहरू विदेशिनुपर्ने परिस्थिति सिर्जना गर्ने देशका हर्ताकर्ता नेताहरू रूष्ट हुन्छन् होला । वार्षिक रूपमै युवा नीति बनाउने प्रचलन छ । राजनीतिक, आर्थिक, सामाजिक विभिन्न नीतिलाई रोचक शब्दावलीमा प्रस्तुत गर्दै युवाशक्तिलाई विदेश पलायनबाट रोक्ने प्रतिबद्धता गरिन्छ । तर, अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली युवा रोजगारीका लागि दिनहुँ ठूलो संख्यामा पलायन हुने क्रम बढेको बढ्यै छ । नीति बनाइन्छ, कार्यान्वयन फितलो हुन्छ । यसरी नीति कर्मकाण्डीमात्रै बन्ने गरेका दर्जनौं उदाहरण छन् । देशलाई पूर्णरूपमै वृद्धाश्रम हुनबाट जोगाउन अभैm नीति निर्माता जागेनन् भने निकट भविष्यमै राम राम भन्नुका अतिरिक्ति अरू केही बाँकी रहँदैन ।
संघीय, प्रादेशिक, स्थानीय सरकारका हर्ताकर्ताहरू आफ्नो परिवार, नातेदारको स्वार्थ पूरा गर्ने चिन्तनलाई त्याग्न नसके पनि शून्य दशमलव एक प्रतिशतमात्रै देश र जनताको उन्नति-प्रगतिबारे सोच्न आरम्भ गरिदिए पनि निराशाको अँध्यारो केही कम हुन्छ । उर्वराभूमि, प्रकृति प्रदत्त उत्पादनशील जलवायु रहेको नेपालका जमिन युवाको अभावका कारण बाँझो हुनु, पर्याप्त विदेशी ऋण-सहयोग लिएर पनि रोजगारीका प्रशस्त अवसर सिर्जना नहुनुजस्तो कलंक त मेटौं । युवा नै देशका मेरुदण्ड हुन् भन्ने भाषण दिँदा एकछिन त सोचौं यस मेरुदण्डलाई राजनीतिक स्वार्थको हतियारमात्र बनाउने कि देशलाई बलियो बनाउन उपयोग गर्ने ?
विदेश गएको जनशक्तिले पठाएको रमेट्यिान्सले सरकार मक्ख बने पनि उर्वर युवाशक्ति विदेश पलायन हुनुले देशको अर्थतन्त्र र समग्र विकासमा निकै नकारात्मक तथा दीर्घकालीन असर पुर्याउने निश्चित छ । यसले हाम्रो आम्दानी र अर्थतन्त्रलाई परनिर्भर बनाउँदै लगेको छ ।
यस मेरुदण्डलाई कमजोर बनाउने, विदेश पलायन गर्न बाध्य बनाउने परिस्थितिको अन्त्य हुनु अनिवार्य छ । श्रम र योग्यताको उचित कदर सम्मानजनक अर्थोपार्जनका अवसर खडा गर्नेतर्फ इमानदारीपूर्वक कर्णधारहरू लागेमा यो अवश्य नै सम्भव छ । अनिमात्र नेपाल वृद्धाश्रम बन्ने खतरालाई टार्न सकिन्छ । हर्षोल्लासित, स्वस्थ, समुन्नत युवा बाहुल्यको नयाँ नेपाल बनाउने प्रतिबद्धतालाई साकार पार्नु सबैका लागि चुनौती हो ।
नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख युवा श्रमबजारमा प्रवेश गर्छन् । तर, त्यसको आधाभन्दा बढी संख्या बेरोजगार नै रहन्छ । देशबाहिर जाने र देशमै बेरोजगार हुनेमा सबैभन्दा बढी १८-४० उमेर समूहका छन् । युवा रोजगारीको यस्तो डरलाग्दो तस्वीर सार्वजनिक भइरहँदा नेपालको नीतिनिर्माता र राजनीतिक समुदाय भने यसप्रति खासै चिन्तित देखिँदैन, यो निकै विडम्बनाको विषय हो । युवाको पलायन अति नै भयावह परिमाणमा पुगिसकेको छ । समस्या बजेट नभएर होइन-सोच र दृष्टिकोणमा समस्या छ । विदेश गएको जनशक्तिले पठाएको रमेट्यिान्सले सरकार मक्ख बने पनि उर्वर युवाशक्ति विदेश पलायन हुनुले देशको अर्थतन्त्र र समग्र विकासमा निकै नकारात्मक दीर्घकालीन असर पुर्याउने निश्चित छ । यसले हाम्रो आम्दानी र अर्थतन्त्रलाई परनिर्भर बनाउँदै लगेको छ । देशको उत्पादनशील श्रमशक्ति स्वदेशी श्रमबजारबाट पलायन हुँदा औद्योगिक उत्पादन पनि नराम्ररी खस्केको अवस्था छ । देशभित्र रोजीरोटीको व्यवस्था हुन नसकेका कारण विदेशिएका युवासँगै देशको भविष्य पनि बाहिरिँदै छ । उत्पादनशील जनसंख्याको बहिर्गमनसँगै उत्पादन घट्दै छ, आयात बढेर निर्यातमा बढोत्तरी भएका कारण व्यापार घाटा चुलिँदै छ ।
युवा देशका संवाहक हुन् । विश्वको गाइडलाइन अनुसार १८ देखि ४० वर्ष उमेर समूहका व्यक्ति युवाभित्र पर्दछन् । वर्तमानका साझेदार, भविष्यका आधार र भरोसा भनेका युवा हुन् । देश विकासका बलिया स्तम्भ भनेको आँट, धैर्य र साहसी युवा शक्ति नै हो । युवा जुरमुराएर उद्यममा लागे मात्र समृद्ध राष्ट्र निर्माण हुन सक्छ । युवा राष्ट्रका अमूल्य सम्पत्ति हुन् । त्यही सम्पत्तिलाई विदेश पठाएर हामी कस्तो राष्ट्र निर्माणतर्फ अग्रसर छौ ? सबैले गम्भीर भएर सोच्ने बेला आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच