औषधीय गुणले भरिपूर्ण एलोभेरा

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । एलोभेरा अर्थात् घ्यू कुमारी औषधीय गुणले भरिपूर्ण हुन्छ । शरीरलाई धेरै रोगबाट बचाउने यसमा गुणहरू रहेको विभिन्न अध्ययनले पुष्टि गरेको छ । । यसमा प्रोटिन, भिटामिन र एन्टी अक्सिडेन्ट गुण पाइन्छ, जुन स्वास्थ्यका लागि आवश्यक हुन्छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनुका साथै पेटसम्बन्धी समस्यालाई पनि कम गर्छ । यसको स्वाद अलिकति तितो भए पनि स्वास्थ्यका लागि वरदान मानिन्छ ।

मानव शरीरको विकासका लागि २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ । १८ वटा एमिनो एसिड एलोभेरामा पाइने बताइन्छ । यसको जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, म्यागनिसियम, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ । यसमा १८ धातु, १५ एमिनो एसिड र १२ थरिका भिटामिन पाइन्छ । यसले शरीरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरीरमा प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । एलोभेरा जुसले गर्भाशयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्‍याउँछ ।

परम्परागत रूपमा एलोभेराको प्रयोग शरीरको बाहिरी अंगमा चोट पुगे या आगोले पोलेमा गरिन्थ्यो । तर, पछिल्लो समय एलोभेराको जुस सेवनबाट शरीरको आन्तरिक अंगमा पनि उत्तिकै लाभ मिल्ने वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । यसो भन्दैमा एलोभेरा प्रयोगको फाइदै फाइदा मात्र पनि छैन ।

नियमित एलोभेराको जुस पिउँदा शरीरमा ऊर्जा बढ्नुका साथै रोगप्रतिरोधात्मक क्षमता बलियो बन्छ । एलोभेरामा पाइने एन्टी फ्लेमेन्टरी नामक तत्वले शरीरमा भएका विषाक्त वस्तुलाई बाहिर निकाल्न मद्दत गर्छ । क्यान्सर रोगीले दैनिक ५० ग्राम एलोभेराको जुस पिएमा फाइदा गर्छ । एलोभेरालाई मुखको सफाइका लागि पनि प्रयोग गर्न सकिन्छ । एलोभेरा जुसको सेवनले छालामा निखार आउँछ । छालालाई लामो समयसम्म जीवित राख्छ भने यसलाई मुलायम र चमकदार बनाउँछ । छालामा आउने दाद, दाग र धब्बाका लागिसमेत यो लाभदायी मानिन्छ । एलोभेरा जुस खाएमा तौल घट्छ साथै बारम्बार भोक लाग्ने समस्याबाट समेत छुट्कारा मिन्छ । यसको सेवनले कब्जियत र मधुमेहजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ ।

परम्परागत रूपमा एलोभेराको प्रयोग शरीरको बाहिरी अंगमा चोट पुगे या आगोले पोलेमा गरिन्थ्यो । तर, पछिल्लो समय एलोभेराको जुस सेवनबाट शरीरको आन्तरिक अंगमा पनि उत्तिकै लाभ मिल्ने वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । यसो भन्दैमा एलोभेरा प्रयोगको फाइदै फाइदा मात्र पनि छैन ।

विशेषगरी कुनै रोगबाट ग्रसित भएको बेला वा औषधि सेवन गरिरहेको अवस्थामा एलोभेरा सेवन गर्नुअघि डाक्टरको सल्लाह अनिवार्य छ । किनकि एलोभेरा जुसले कुनै कुनै औषधिको प्रभावलाई कम गर्छ । कुनै समय उल्टो क्रिया पनि दिन सक्छ । गर्भवती र स्तनपान गराइरहेका महिलाले एलोभेरा जुस नपिउनका लागि सल्लाह दिइन्छ । किनकि एलोभेराले गर्भाशयलाई संकुचन गर्न सक्छ । जसले गर्भपात हुने सम्भावना बढी हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?