प्रधानमन्त्री दाहालले आज दुबईमा नेपाली समुदाय र उद्योगीहरुसँग अन्तरक्रिया क्रिया गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबइ पुग्नुभएकाे छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही मङ्सिर १४ गते संयुक्त अरब इमिरेट्सको दुबई पुग्नुभएकाे हाे ।

स्थानीय समय अनुसार राति करिब १ः३० बजे उहाँ दुबईस्थित दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दुबई विमानस्थल प्रधानमन्त्री प्रचण्डलाई  नेपाली राजदूत तेजबहादुर क्षत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सीलगायत युएईस्थित दूतावासका अधिकारीहरुले उनको स्वागत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आज राजधानी आबुधाबीमा रहेको नेपाली दुतावासको अवलोकनका साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साँझ नेपाल उद्योग वाणिज्य महासंघ दुबई चेम्बरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेु हुनेछ ।

कोप-२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ ।

प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८-विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ । उहाँले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?