दक्षिण कोरियाद्वारा विवादित टापुहरूमा जापानको नयाँ क्षेत्रीय दाबीको बिरोध

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । दक्षिण कोरियाले मङ्गलवार दुई देशबीचको मध्य भागमा रहेको विवादित टापुहरूमा जापानको नयाँ क्षेत्रीय दाबीको बिरोध गरेको छ । सो क्षेत्रलाई दक्षिण कोरियाद्वारा डोक्डो र जापानद्वारा ताकेशिमा भन्ने गरिएको छ । दक्षिण कोरियाली विदेश मन्त्रालयले जापानी सरकारको बिरुद्ध कडा बिरोध गर्ने बताएको छ ।

मन्त्रालयले टोकियोलाई आफ्नो क्षेत्रीय दाबी तत्काल फिर्ता लिन आग्रह गरेको छ । डोक्डो इतिहास, भूगोल र अन्तर्राष्ट्रिय कानूनको हिसावले दक्षिण कोरियाको स्वदेशी क्षेत्र हो । दक्षिण कोरियाले जापानको अन्यायपूर्ण दाबीले डोक्डोमा दक्षिण कोरियाको सार्वभौमसत्तामा कुनै प्रभाव नपर्ने कुरा स्पष्ट पारेको छ । सान्दर्भिक मुद्दाहरूमा दृढतापूर्वक प्रतिक्रिया दिने प्रतिज्ञा गरेको छ ।

२००५ देखि जापानले हरेक वर्ष आफ्नो कुटनीतिक निलो र रक्षा श्वेतपत्रहरूमा चट्टान बाहिरको क्षेत्रीय दाबीहरू राखेको छ । सन् १९१०-४५ को जापानी उपनिवेशबाट कोरियाली प्रायद्वीपको मुक्तिपछि दक्षिण कोरियाले डोक्डोमा आफ्नो सार्वभौमसत्ता पुनःस्थापित ग¥यो । सियोल त्यस बेलादेखि टापुहरूको प्रभावकारी नियन्त्रणमा रहेको छ ।

एउटा सानो पुलिस टुकडी तैनाथ गरिएको छ । दक्षिण कोरियालीहरूले टापुहरूमा जापानको क्षेत्रीय दाबीलाई औपनिवेशिक इतिहासको इन्कारको रूपमा मान्छन् । किनभने डोक्डो पहिलो इलाका थियो । जुन इम्पेरियल जापानले जबरजस्ती कब्जा गरेको थियो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?